क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको छैन् : प्रधानमन्त्री

439
views

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले क्यान्टोनमेन्टमा भ्रष्टाचार नभएको प्रष्ट्याएका छन् । बिहीबार संसद बैकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले क्यान्टोनमेन्टमा भ्रष्टाचार देखिएको हल्ला निराधार भएको स्पष्ट पारेका हुन् ।

उप्रधानमन्त्रीले क्यान्टोनमेन्टको आर्थिक कारोबारे सबै रेकर्ड रहेको समेत स्पष्ट पारेका छन् ।’ प्रधानमन्त्री प्रचण्डले अयोग्य लडाकुको नाममा व्यापक भ्रष्टाचार भयो भन्ने कुरा आरोपको लागि आरोप मात्रै भएको बताए ।

उनले भने,’ त्यतिबेला प्रकाशशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । राज्यबाट दिइएको रकम अडिट भएर टुंगो लागिसकेको छ । यदि त्यस्तो केहि छानबिन गर्नुपर्छ भने पनि म तयार छु ।