हिमाल सफाइ अभियानका शेर्पाको निधन

190
views

पर्वत, ९, जेठ । नेपाली सेनाको नेतृत्वमा चलिरहेको हिमाल सफाइ अभियानका सरदार समेत रहेका आङकाजी शेर्पाको निधन भएको छ ।

सफा हिमाल अभियान- २०२३ का सरदार शेर्पाको सगरमाथाको दोस्रो शिविरमा सोमबार निधन भएको हो ।

तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा रहेका शेर्पा अचानक बेहोस भएपछि निधन भएको जनाइएको छ । उनको शव हेलिकप्टरबाट काठमाडौं ल्याएर परिवारलाई बुझाइएको नेपाली सेनाले जनाएको छ ।

यस्तै, सफा हिमाल अभियान अन्तर्गत सगरमाथा सफाइबाट फर्कने क्रममा निधन भएका फुर्वा शेर्पाको शव पनि परिवारलाई बुझाइएको सेनाले जनाएको छ ।