सुनको भाउ घट्यो, चाँदीको बढ्यो

196
views

काठमाण्डौ, १४, जेष्ठ । काठमाण्डौ – सुनको भाउ आज सामान्य घटेको छ । तोलामा दुई सय रुपैयाँले घटेर सुन आज १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।