नागरिक समाज सञ्जाल पर्वतको संयोजकमा–पौडेल

399
views

नम्रता लामिछाने
पर्वत, १६, जेठ । नागरिक समाज सञ्जाल पर्वतको संयोजकमा माधव पौडेल चयन हुनुभएको छ । सोमवार भएको पदस्थापना कार्यक्रममा वर्ष २०७९ का संयोजक राजेन्द्र प्रसाद पौडेलले वर्ष २०८० का संयोजक माधव पौडेललाई पदभार हस्तान्तरण गरि पदस्थापना गराउनु भएको हो । पौडेल नेपाल मानवअधिकार संगठनका वर्तमान अध्यक्ष समेत हुनुहुन्छ । उहाँ सो संगठन र विभिन्न अन्य नागरिक संगठनहरु मार्फत पर्वत जिल्लामा विगत १ दशक देखि प्रत्यक्ष रुपमा मानवअधिकार र वकालतका क्षेत्रमा काम गर्दै आइरहनु भएको छ ।

नागरिक समाज सञ्जाल पर्वतका संयोजक राजेन्द्र प्रसाद पौडेलको अध्यक्षता, जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष विष्णुराम वि.क. को प्रमुख आतिथ्यता र गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष रमेश प्रसाद रिजालले संचालन गर्नु भएको थियो ।

कार्यक्रमको सन्दर्भमा गैसस महासंघ नेपाल गण्डकी प्रदेश सचिव शिवप्रसाद शर्माले नागरिक समाज सञ्जालको परिचय र विगत देखी वर्तमान सम्मका गतिविधि र भविष्यको कार्यदिशा समेत उल्लेख गरी एक प्रस्तुती गर्नु भएको थियो ।

द्वन्द र राजाको प्रत्यक्ष शासनको बेलामा वि.सं २०५८ सालमा नागरिक संगठनहरुको नागरिक अधिकारहरु कुण्ठीत हुन नदिने हेतुका साथ साझा अभियान र समन्वयमा सुरुवात भएको यो अभियानको पुनर्गठन वि.सं २०६६ सालमा र सञ्जालको वर्तमान स्वरुप २०७३ साल बाट सुरु भएको बताइन्छ । नागरिक समाज सञ्जालमा जिल्ला स्थित नागरिक संगठन र संघहरुको पनि छाता संगठन परिसंघका रुपमा विकास गरिएको छ । जसमा जिल्ला स्थित विभिन्न ३७ वटा संघ तथा महासंघहरु आवद्ध छन । अत्यावश्यकीय नागरिक सेवा सुविधा र गुणस्तर, मानवअधिकार, लक्षीत वर्गको अधिकार आदी यसको कार्यक्षेत्र रहँदै आइरहेको पाइन्छ ।