‘गिरफ्तार भित्रको क्रान्तिकारी रफ्तार’

483
views

– यज्ञ गौतम
सन्सारका परिर्वतनकारी आन्दोलनहरुमा शहादत, घाईते, अपाङ्ग बेपत्ता बनेका कैयौं योद्वाहरु छन् । नेपाल पनि यसबाट टाढा रहन सकेन् । निर्दलका विरुद्ध बहुदलको आन्दोलनदेखी, झापा आन्दोलन हुँदै लोकतान्त्रिक संघीय गणतन्त्रसम्म आउँदा अर्थात जनयुद्व चरम उत्कर्षमा पुग्दै गर्दा यस्ता घटनाहरु घटे । नेपालमा तात्कालिन राजाको शाही कदमका बेला यो चरम बन्यो । भैरवनाथ गणमा त अझै ठूला ठूला घटनाहरु घटे यो नेपालको अविस्मरणीय उदाहरण हो ।

जनताको अधिकार प्राप्तीका निमित्त हुने शसक्त आन्दोलनमा भन्दा शशस्त्र आन्दोलनमा यस्ता घटनाहरु बढी घट्ने गरेको पाईन्छ । रुसमा लेनिनको नेतृत्वमा भएको जनयुद्ध, चीनमा माओको नेतृत्वमा भएको जनयुद्धका क्रममा पनि धेरैको शहादत भएको थियो भने ति ठूला देशहरुमा पनि क्रान्तिकारीहरुले गरेको शसस्त्र जनयुद्वका क्रममा बेपत्ता, घाईते, अपाङ्ग बनेका थिए । भने हिरासत भोग्दै बर्षौंबर्षसम्म जेल जीवन विताएका थिए । नेपालमा पछिल्लो चरणमा नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा चलिरहेको एकिकृत जनक्रान्तिका समयमा पनि झुट र फगत आरोपमा थुपै्र नेता कार्यकर्ताहरुलाई हिरासतदेखी कारागारसम्म लगिएको छ ।

नेपालमा चलिरहेको कथित स्थानीय तहको निर्वाचनको नेकपाले खारेजीको माग गरेको थियो । नेकपाले कहिँ कतै बम राख्ने, राज्यका विरुद्ध हतियार उठाउने निर्णय गरेको होईन बरु उल्टै राज्यले नेकपाले राखेको खारेजीको मागसँग तर्सिदै सांगठानिक अभियानमा जनताको घरघरमा पुगेका कार्यकर्तालाई अनाहकमा गिरफ्तार गर्ने, झुट्टा मुद्दा लगाउने जस्ता कार्य ग¥यो यो नेपाली जनतालाई मान्य हुनै कुरै भएन् । जनताको सक्रियतामा देशका विभिन्न ठाउँहरुमा यो कथित निर्वाचनको शान्तिपूर्ण विरोध भयो ।

निर्वाचनमा भाग लिने वा नलिने जनताको अधिकारको कुरा हो । पार्टी संगठन विस्तार, कार्यकर्ता संगठित गर्न पाउने राष्ट्रव्यापी बनेको पार्टीको अधिकार हो, लोकतन्त्रको अधिकार हो । यो अधिकारलाई दुरुपयोग गर्दै देशका विभिन्न जिल्लाहरुबाट नेकपाका नेता कार्यकर्ताहरुलाई गिर¥तार र नियन्त्रण गरियो । यसले नेपाली जनताको सहभागितामा थप संघर्ष गर्न वाद्य बनाएको छ । खारेजीको माग गर्दा राज्यले गरेको नेता कार्यकर्ताको गिरफ्तारीले क्रान्तिकारी रफ्तारलाई टेवा दिईरहेको छ । कार्यकर्तालाई झन मजबुत बनाएको छ । जनताको लागि जनताले गर्ने संघर्षमा राज्यले दमन गर्नु जायज हुँदैन् । बरु देशको राष्ट्रियतालाई मजबुत बनाइरहेको हुन्छ । परदेशको हस्तक्षेपका विरुद्वको संघर्ष चर्किरहेको हुन्छ । जनताले उठाएका यि मागहरु पुरा गर्नु राज्यको दायित्व हो ।

नवअर्धऔपनिवेशीक अवस्थाबाट देशले मुक्ति खोज्दै वैज्ञानीक समाजवादको माग उठिरहेका बेला राज्यले दमन गर्दै दलाल नोकरशाही, पूँजिपति व्यवस्थालाई मलजल गर्ने हो भने सायद कुनैपनि देशका जनताले संघर्षको विकल्प देख्दैनन् । बरु संगठित हुँदै जान्छन् । अतः माओले भने झैं ‘क्रान्ति मुखसम्म पुग्दै गर्दा प्रतिक्रान्ति घाँटीसम्म आईरहेको हुन्छ ।’ यसबाट क्रान्तिकारीहरु सदा सर्वदा सचेत भैरहनुपर्दछ ।’ गिरफ्तार भित्रको पनि क्रान्तिकारी रफ्तारलाई निरन्तरता दिईरहनु अहिलेको अपरिहार्यता हो ।