महानगरको पहिलो प्राथमिकता रोग लाग्न नदिनु हो-उपमेयर डंगोल

218
views

काठमाण्डौ, २०, जेठ । काठमाण्डौ महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलले काठमाण्डौ महानगरपालिकाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छन् ।

शनिवार काठमाण्डौमा नेपाल मधुमेही समाज र काठमाण्डौ महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाण्डौ महानगरपालिकाका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो वताएकी हुन ।

डंगोलले देश विकासका लागि जन प्रतिनिधिहरुको इच्छाशक्ति र शारीरिक स्वस्थता आवश्यक रहेको बताइन् । धेरैजना जनप्रतिनिधिहरु प्रेसर र मधुमेहको रोगी रहेको भन्दै यस कार्यक्रमले धरै सहयोग पुग्ने उनको भनाई थियो ।

जुनसुकै मानिस स्वास्थ्य रहेमात्रै सबैखाले काम गर्न सकिने बताउँदे उनले भनिन् स्वास्थ्यसम्बन्धित तालिमबाट जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रका बासिन्दाहलाई सचेत बनाउन सक्नुहुनेछ र यस्ले आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र मधुमेह नियन्त्रणका लागि कार्यक्रम ल्याउन सहयोग पुग्ने छ ।’