पर्वतमा जिपको छतबाट खसेर एक विद्यार्थीको मृत्यु

1397
views

नवदृष्टि संवाददाता
पर्वत, २८ चैत्र । क्याम्पस पढ्न आउँदै गर्दा जिपको छतबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । पर्वत फलेवास नगरपालिका ७ लिमिठानाकी १६ बर्षिय धारणा पौडेलको मृत्यु भएको हो ।
भवानी विद्यापिठ उच्च माविमा पढ्नका लागि ना ३ च १०७४ नं को जिपमा आएकी पौडेलको फलेवास नगरपालिका–५ को वयरडाडाँ सल्लेरीमा आईपुग्दा छतबाट खसेर गम्भिर घाईते भएकी भएकी र पौडेलको मणिपाल अस्पताल पु¥याउँदा मृत्यु भएको आफन्तले जनाएका छन् ।
छाती र टाउकोमा गम्भिर चोट लागेकी पौडेललाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पु¥याउँदा मृत्यु भईसकेको उनका ठुला बुवा मोहनराज शर्मा पौडेलले बताए । गम्भिर घाईते पौडेल छतबाट खसेको थाहा पाएर पनि सो जिपले बाटैमा छाडिदिएको बताइएको छ ।