बार्सिलोनामा गुड्ने पर्यटकीय बसमा नेपाल भ्रमणको निम्तो

290
views

कठमाडौं– स्पेनको पर्यटकीय शहर बार्सिलोनामा गुड्ने पर्यटकीय बसमा नेपाल भ्रमणको निम्तो दिँदै चार ठूला बस चार फरक रुटमा गुड्न थालेका छन् । यस सिजनमा आउने करिब १० लाख पर्यटकले नेपाल भ्रमणको निम्तो पाउने गरी चार मुख्य क्षेत्रमा गुड्ने बसहरूमा नेपाल भ्रमणको निम्तो सहितका पोस्टर टाँसिएका बस गुडिरहेका हुन् । स्पेनमा रहेका नेपालीहरूको समूहले बार्सिलोनका प्रमुख पर्यटकिय रुटमा गुड्ने लोकल बसहरूमा भिजिट नेपाल लेखिएका पोस्टरहरू जुलाई १० देखि टाँसेका हुन् । कार्यक्रमको समन्वय गरिरहेका नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि दीपक खरेलले स्पेनमा आउने विश्वभरका पर्यटकले नेपालका सुन्दर तस्बिर सहितको निमन्त्रणाले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताए । उनका अनुसार जुलाई र अगस्तमा स्पेनमा समुन्द्रको आनन्द लिन विश्वभरका पर्यटक नेपाल आउँछन । यो अभियान अगस्ट १३ सम्म नियमित हुनेछ ।
बार्सिलोनाका चार रुटमा गुड्ने अटोबसमा पोस्टर राखिएको छ । स्थानीय ट्रयाम, मेट्रो र बस प्राधिकरण (टिएमबी अथोरिटी) सँग ३५ दिन शुल्क दिएर विज्ञापनको सहमति अनुसार नेपालमा स्वागत छ लेखिएका पोस्टर टाँसिएको खरेलले जानकारी दिए ।
जुलाई दोस्रो सातादेखि अगष्ट महिनासम्म बार्सिलोनामा गुड्ने चार वटा लोकल बसहरूमा नेपालको पर्यटन प्रवर्द्धनका लागि पोस्टरहरु टाँसिएका छन । विज्ञापनका लागि खर्च स्पेनमा रहेका नेपालीहरुले गर्ने भएका हुन् ।
‘स्पेनमा विश्व कै पर्यटकीय गन्तव्य शहर बार्सिलोनाका लोकल गाडीहरूमा नेपालको नाम जोड्न पाउनु सबैका लागि गौरवको विषय हो, अन्य देशमा समेत यो प्रयासको थालनी होस भन्ने सन्देश हो ।