फलेवास नगरमा खानेपानी समस्याहल गर्न डिप बोरिङ्ग योजना

59
views

नवदृष्टि संवाददाता
पर्वत, ९,बैसाख

  फलेवास नगरपालिकाले खानेपानीको अभाव सृजनाभएपछि बोरिङ्गबाट पानी निकाल्न पहल गरेको छ । फलेवास ३ शंकरपोखरी आखेतमा डिप वारिङ्ग योजना अन्र्तगत सो कार्य सन्चालन गर्नथालेको हो ।
   हिउ“द याममा खानेपानीको समस्या भएपछि स्थानियबासी खानेपानी लिन टाढा जानुपर्ने बाध्यता रहिआएको थियो । यो सिस्टम बाट खानेपानीको समस्या हल गर्न लागेपछि स्थानियबासी खुसी देखिएका छन् ।
  यसअघि देविस्थानमा १ र शंकरपोखरी धारापानीमा पनि वोरिङ्ग राखिएको फलेवास नगरपालिका नगरप्रमुख गंगाधर तिवारीले बताए । नगरप्रमुख तिवारीले खानेपानीका समस्या देखिएका र धेरै पानी नहुने ठाउ“मा यी योजनाले स्थानियबासीलाई राहत मिल्ने विश्वास व्यक्त गरेको बताएका छन् ।