क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ

78
views

नवदृष्टि संवाददाता ,जेष्ठ ,२ 

काठमाडौ । काठमाडौ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउदै क्रिकेटर लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ ।बुधवार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले फैसलाले सफाई दिएको हो ।
गौशाल–२६ नाम राखिएकी एक युवतीले आफूमाथि काठमाडौको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालय मार्फत काठमाडौ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । जाहेरी विरुद्ध लामिछाने उच्च अदालत पाटन पुगेका थिए । पाटन जिल्ला अदालतले सफाई दिएको छ ।
अदालतको फैसलामा भनिएको छ । ‘…निज प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ को २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद र सोही दफाको (३) (ग) बमोजिम ३ लाख रुपैया जरिवाना र २२८ बमोजिम २ लाख रुपैया क्षतिपूर्ति समेत भरी पाउने गरी जिल्ला अदालत काठमाडौबाट २०८० पुस १३ गते कसुर निर्धारण भई २०८० पुस २५ गते सजाय निर्धारण गर्ने गरी भएको फैसला मिलेको नदेखिदा उल्टी बदर भई निज प्रतिवादी उपरको बादी नेपाल सरकारको अभियोग मागदाबी नपुगेकाले निज प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ’,