सिरोहियालाई धनुषामा बयान गराइदै

62
views

नवदृष्टि संवाददाता
११, जेष्ठ

काठमाडौ । दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले मङ्गलवार काठमाडौ बाट पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला सरकारी वकिल कार्यालय धनुषामा बयान गराइदै छ ।
बयान पुरा भएपछि उनलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय जनाएको छ । यसअघि अदालतले दिएको ३ दिनको म्याद सकिएको छ । शुक्रवार दोस्रोपटक म्याद लिइने जनाईएको छ । सिरोहियालाई काठमाडौबाट पक्रेर धनुषा जिल्ला अदालतमा उपस्थित गराएको थियो ।