बेनीको कालरात्रि ब्याण्डको निर्मोही बजारमा

71
views

सचिन्द्र श्रेष्ठ,
स्तरिय रक संगीतका लागि धौलागिरीमानै परिचित कालरात्रि ब्याण्ड नौलो पक्कै होइन। बेनीमा रहेका उत्साहित सांगितीक युवाहरुले सञ्चालन गरेको कालरात्रिू व्याण्ड गठन करीब २३ बर्ष अघि भएको हो।
ब्याण्डका मुख्य भोकलिस्ट संदीप श्रेष्ठको नेतृत्वमा ‘कालरात्रि’ ब्याण्डको नया गीत ‘निर्मोही’ बजारमा आएको छ।
कालरात्रि ब्याण्ड तयार भए पछि ‘बालै भएन’ नामक गीत निकाले।त्यस पछि लामो समयको अन्तराल पछि उक्त ब्याण्डले ‘डंकिनी मोरी’ यूट्यूब मार्फत ल्याएका थिए र अहिले पुनः लामो समय पश्चात बजारमा बिल्कुलै नया गीत ुनिर्मोहीु ल्याएका छन।
रमणीय स्थान मुस्तांङ्गमा छायांकन गरिएको उक्त म्यूजिक भिडियोलाई ब्याण्डका मुख्य भोकलिस्ट संदीप श्रेष्ठले गाएका छन भने गीतलाई प्रकाश दुतराजले लेखेका छन।
ुबजारमा थोरै गीत संगीत र म्युजिक भिडियो ल्याउने तर स्रोता ,दर्शकको मन मुटुमा बसिरहने चाहना हाम्रो व्याण्डको हो’ व्याण्डका सदस्यहरु अनिश बिश्वकर्मा, यु के छन्त्याल र राजू खान एक साथ भन्छन्।
म्यूजिक अरेन्ज तथा कम्पोज़ अमित गुरुङ्ग,प्रकाश दुतराज र स्वयं संदीप श्रेष्ठको रहेको छ। नबीन घर्तीको सम्पादनमा द कालरात्रि ब्याण्ड नामक अफिसियल यूट्यूब च्यानल मार्फ़त निर्मोहीु गीत सार्बजनिक गरिएको हो।