चोरबाटोबाटै थापाले बुझाए ४२ केन्द्रीय सदस्यको नाम (नामावली सहित)

पशुपति सम्शेर पक्षको गम्भिर आरोपः पार्टी थापाको बिर्ता होईन्

316
views

काठमाण्डौ, ३०, असार । राप्रपा अध्यक्ष कमल थापाले खुसूक्क ४२ जना मनोनित केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा दर्ता गराएका छन् । थापाले केन्द्रीय समितिलाई जानकारी नै नदिई आयोगमा दर्ता गराएका हुन् ।
थापाको यो गतिविधिले पशुपतिसमशेर राणा पक्षले असहमति जनाएको छ । राणा पक्षले तत्काल निर्णय फिर्ता लिन आग्रह गरिरहेका बेला अध्यक्ष कमल थापाले निर्वाचन आयोगमा दर्ता गराइसकेको स्रोतले ले बताएको छ । राणा पक्षले केन्द्रीय समितिमा ४० प्रतिशत पु¥याएर पार्टी फुटाउन लागेको आशंका गर्दै थापाले हतार–हतार ४२ सदस्यको मनोनयन गर्नुपर्ने बाध्यता आएका समेत स्रोतको दाबी छ ।
मनोनयन गरिएका ४२ केन्द्रीय सदस्यहरुको पहिलो सूचीमा विश्वबन्धु थापाको नाम छ । राणा पक्षले भने केन्द्रीय सदस्यहरुको मनोनयन समानुपातिक र समावेशी नभएको बताएको छ ।

 को को परे केन्द्रिय समितिमा ?

थापालाई पशुपति सम्शेर पक्षको गम्भिर आरोपः पार्टी थापाको बिर्ता होईन्
पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय सदस्यहरुलाई सुइँकोसम्म नदिई ४२ जना केन्द्रीय सदस्यहरु मनोनयन गरेको भन्दै पुपति सम्शेर राणाले पार्टी थापाको बिर्ता नभएको आरोप लगाएका छन् ।
राणाले उक्त निर्णय तत्काल फिर्ता लिई राप्रपालाई बिग्रहबाट बचाउन सचेत गराएका छन् । ‘पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय समितिमा ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेको समाचार विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएपछि गम्भीर रुपमा मेरो ध्यानाकर्षण भएको छ’ शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै राणाले भनेका छन् ‘अध्यक्ष एक्लैले एकांकी रुपमा मधेस, महिला, आदिवासी जनजाति, पिछडिएको क्षेत्र एवं समुदाय, दुर्गम क्षेत्र र दलितको समानुपातिक र समावेशी प्रतिनिधित्वको कुनै ख्याल नराखी गरिएको मनोनयनप्रति मेरो पूर्ण असहमति छ ।’