बढुवामा ११ एआईजी, बढुवा सुचिमा शिलवाल छुटे

292
views

काठमाडौं, ३१, असार । प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सरकारलाई सिफारिस गरेको छ । अदालतमा डीआईजी नवराज सिलवालको मुद्दा विचाराधिन रहेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई भने बढुवा सूचीमा छुटाएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ । सिफारिस सूची अनुसार नम्बर क्रम अनुसार पहिलो नम्बरमा डीआईजी बमबहादुर भण्डारी, दोस्रो जयबहादुर चन्द, तेस्रो देबेन्द्र सुवेदी, चौथो पशुपति उपाध्याय, पाँचौमा केशरीराज घिमिरे, छैठौं माधव जोशी, सातौं विजयलाल कायस्थ, आठौं कमलसिंह बम, नौ नम्बरमा मिङ्मार लामा, १० औँ नम्बरमा रणबहादुर चन्द र ११ औँ नम्बरमा विजयकुमार भट्ट हुनुहुन्छ ।