फिलिपिन्सका लागि नेपाली राजदुतको लगानी गर्न आग्रह

1133
views

काठमाडौं, ३१, असार । फिलिपिन्सका लागि नेपालका राजदूत डा निरञ्जनमानसिंह बस्न्यातले फिलिपिन्सका उद्यमी तथा व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले फिलिपिन्सको मनिलामा आज आयोजना गरेको लगानी तथा पर्यटन प्रवद्धन सम्बन्धी कार्यक्रममा उनले आशलाग्दो आर्थिक वृद्धिदर तथा जनताको लगानीप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको उल्लेख गरे ।
कार्यक्रममा राजदूत बस्न्यातले नेपालको प्रचुर पर्यटकीय सम्भाव्यता, सुधारोन्मुख लगानीमैत्री वातावरण, सहज लाभांश तथा नाफा फिर्ता प्रक्रियाका कारण नेपाल उत्कृष्ट लगानी गर्ने गन्तव्य भएको बताएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।