डिजिटल मेसिनमा रक्तचापबारे पाँच अंकको गडबडी

1733
views

काठमाडौं, ३१, असार । अमेरिकन जर्नल अफ हाइपरटेन्सनको एउटा अध्ययन अनुसार घरमा उपयोग हुने धेरैजसो डिजिटल ब्लड प्रेसर मेसिनले गलत रिडिङ दिइरहेको छ । यो अनुसन्धान अन्तर्गत घरमा उपयोग हुने ब्लड प्रेसर मोनिटरको परीक्षण गर्दा ७० प्रतिशत नमुना फेल भए । फेल हुने बीपी मेसिनमा रक्तचापको स्तर कम्तीमा ५ अंकसम्मको गडबडी पाइयो ।
विश्वभरिमा उच्च रक्तचापका पीडित धेरैजसो व्यक्तिले आफ्नो घरमै रक्तचाप नाप्छन् र मेसिनले देखाएको परिणामलाई मान्छन् । अध्ययनअनुसार, रक्तचापको स्तर हेरेर धेरैजसो औषधिको मात्रामा समेत परिवर्तन गर्छन् । यसो गर्नु निकै जोखिमपूर्ण हुन्छ ।