पौडी खेल्दा १८ वर्षिय युवाको डुबेर मृत्यु

615
views

पोखरा, ३१ असार । पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ को मजुवा स्थित डुडेआहालमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नं २, कोत्रेका १८ वर्षिय उज्जल गुरुङ्ग रहेका छन् । पौडी खेल्न गएका उनको पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाबाट ढुङ्गा र बालुवा झिकेर बनेको रहमा डुबेर मृत्यु भएको हो । डुबेको शवलाई कालिका प्रहरी शसस्त्र गण पोखराबाट उद्धारको लागि खटिएको शसस्त्र प्रहरीका शसत्र प्रहरी निरिक्षक सुमन चालिसेको टोलीले निकालेको हो । उनको सवलाई पोष्टमार्टमका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा राखीएको छ ।