बाढीले बस्ती बगाउँदा एकको मृत्यु , चार जना वेपत्ता

871
views

रामेछाप, १, साउन । रामेछापको लिखु र गोकुलगंगा गाउँपालिकाको सीमाना खर्पु खिम्ती बीचमा रहेको छत्तिवने खोलामा आएको भीषण बाढीले खोला किनारमा रहेको घर बगाउदा एक जनाको मृत्यु भएको छ । बाढीले चार जना वेपत्ता बनाएको छ । गएरातीको अविरल वर्षाका कारण आइतबार झिसमिसेमा आएको बाढीसँगै आएको पहिरोले बगाउँदा लिखु गाउँपालिकाको वडा नं ६ मा रहेका चार वटा घर बगाएको छ ।
बाढीले ५५ वर्षीय लाल कुमारी खत्रीको शव फेला परेको छ भने चार जना अझै वेपत्ता छन् । बेपत्ता हुनेमा ५५ वर्षीया सुमन कुमारी खत्री, ३५ वर्षीय बासु खत्री, अशोक तामाङ र मनिला तामाङ रहेका छन् । बाढीमा परी ८ जना घाइते भएकाभे बताइएको छ । हालसम्म चार जना बेपता भएको पुष्टि भएपनि खिम्ती–फर्पु सडक निर्माणका लागि खोला किनारामा बसेका ११ जना मजदुर पनि वेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ । वेपत्ताको खोजी कार्य भइरहेको र अझैसम्म कतिजना वेपत्ता छन् भनी भन्न सक्ने अवस्था नरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जनाएका छन् ।
घटनास्थलमा उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुगेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा लागेको स्थानीयले बताउनु भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीले घाइतेको प्राथमिक उपचार समेत गरिरहेको उहाँले बताउनु भयो । बाढीले छत्तिवने खोलामा रहेको खिम्ती र खर्पु जोड्ने पक्की पुलसमेत बगाएको छ । बाढीका कारण खिम्ती, खानीखोला किनारका दर्जनौ घरहरु बाढी, पहिरोको उच्च जोखिममा परेका छन् । मन्थली–दोलखा खडक खण्डको खानीखोला कज्वे पनि भत्काएको छ । पुल र कज्वे भत्किदा दुवै सडकमा सवारी साधन आवत जावत बन्द भएको छ ।