साउन १ कर्कट सक्रान्ति, आजबाटै चाडपर्व शुरु

666
views

पर्वत, १, साउन । आज साउन १ गते अर्थात कर्कट संक्रान्ति (साउने संक्रान्ति) का रुपमा मनाइँदैछ । सूर्य मिथुन राशिबाट कर्कट राशीमा प्रवेश गर्ने भएकाले यो यसलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ ।
माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुने मान्यता छ ।
साउने संक्रान्तिका दिन कन्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने) को पूजा गरी बलेको अगुल्टो फालेपछि बर्खाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ । साउने संक्रान्तिपछि नेपालमा चाडपर्वको लहर सुरु हुन्छ ।