यसरी बगायो बाढीले बस्ती दुईको मृत्यु, तीन वेपत्ता, नौ घाइते (अपडेट)

652
views

सिन्धुलीः रामेछापको लिखु गाउँपालिका ६ स्थित छत्याउने खोलामा आएको भीषण बाढी पहिरोले २ जनाको ज्यान गएको छ । पहिरोमा ४ जना वेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन् । घाइते एक जनाको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन् । शनिवार मध्यरातिदेखि लगातार परेको अविरल वर्षाका कारण आइतबार विहान करिव २ बजेतिर आएको भिषण बाढी र बाढीसँगै आएको पहिरोले बस्ती बगाउँदा ४५ वर्षीय बाशुदेव कार्की र ७५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भयो । खत्रीको शव घटना स्थलबाट करिव ३ किलोमिटर तल तामाकोसी किनारा हलेदीमा भेटिएको थियो भने कार्कीको शव घटनास्थल नजिकै भेटिएको छ । उक्त घटनामा अझै तीन जना वेपत्ता छन् । अहिले पनि ५५ वर्षकी सुमनकुमारी खत्री, ४० बर्षीय अशोक तामाङ, उनकी ११ वर्षीया छोरी मनिला तामाङ, बेपत्ता रहेका छन् । बेपत्ता हुनेको संख्या अझै बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।
प्रजिअ खत्रीले भन्नुभयो, ‘रातको समय भएकाले कतिजना वेपत्ता भए भन्ने एकिन हुन सकेको छैन् । धेरै मान्छेहरु सम्पर्क बाहिर छन् । बाढीले क्षति पुर्याएकै स्थानमा सडक निर्माणका लागि ११ जनाभन्दा बढी मजदुरहरु खोला किनारामा टहरा बनाएर बसेका थिए ।
उद्धारका लागि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, प्रशासन, स्थानीयबासीको सहयोगमा वेपत्ताहरुको खोजी कार्य जारी छ । बाढीले बगाएका ९ जनाको भने जीवित्तै उद्धार गरिएको थियो । उद्धार गरिएकाहरु सबै घाइते छन् । मृत्यु हुने, वेपत्ता हुने र घाइते हुने प्राय एकै घरका परिवारका रहेको स्थानीयको भनाई छ ।
‘गम्भीर घाइले सुन्तली खत्री लगायतका ९ जना घाइतेलाई नेपाली सेनाको हेलीकप्टर मार्फत उद्धार गरी थप उपचारका लागि काठमाण्डौं लगिएको छ । उनीहरुलाई दुई वटा नेपाली सेनाको हेलीकप्टेर मार्फत उद्धार गरिएको र अहिले वीर अस्पताल स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको प्रशासनले जनाएको छ । बाढीले ६ घर र दुई वटा टहरा बाढीले बगाएको छ । ति घर तथा टहराहरुमा कति मान्छे थिए भन्ने एकिन भएको छैन् । बाढीका कारण खिम्ती बजार स्थित खहरे पुलबाट बस्तितर्फ बाढी पस्दा पुरै बस्ती जोखिममा छ । याे पनि हेर्नुहाेस्

 https://navadristi.com/2017/07/16/बाढीले-बस्ती-बगाउँदा-एकक/