आवरण कथा- “बदलिएको मन” भाग -१

753
views

पढ्ने स्कुल एउटै भए पनि चनमती र मनमतिको घर अलग अलग गाउँमा थियो । सानै देखि उनीहरु एउटै स्कुल अनि एउटै क्लासमा पढ्ने गर्दथे । झट्ट हेर्दा चन्चले र चतुर स्वभावको देखिने हुनाले उनको नाम बाजेले सानै देखि चनमती राखी दिएका थिए । उनी मध्यम बर्गिय परिवारमा जन्मिएकि थिइन । उनी अरु सग बोल्दै जादा अलिक छिटै रिसाउने र कन्जुस स्वभावको पनि थिइन । अनि पढाइमा पनि अलिक कमजोर थिइन् । तेसैले कक्षामा फस्ट, सेकेन्ड पनि हुन सकिनन । मनमती सामान्य परिवारमा हुर्केको छोरी थिइन । उनी झट्ट हेर्दा सिधा, सोझो भए पनि धेरै मिहिनेती थिइन । सबै साथीहरू सग मीठो, मसिनो बोली बोल्ने र मिल्ने, मिजासिलो स्वभावकि थिइन । उनी पढाइमा ट्यालेन्ट थिइन । प्रत्येक साल कक्षामा उनी फस्ट हुन्थिन । पढाइ लेखाइ देखि बाहेक स्कुलमा हुने अतिरिक्त क्रियाकलापहरुमा समेत भाग लिने र प्रतियोगिताहरुमा प्रथम स्थानमा बिजय हुन्थिन परिणामस्वरूप उनी बिभिन्न प्रकारको मेडल र पुरुस्कारहरु पाउने गर्द्थिन । उनको यस्तो क्रियाकलापले गर्दा अरु स्कुले साथीहरु पनि प्रभावित हुन्थे र शिक्षक शिक्षिकाहरु पनि खुशी हुन्थे ।

जब मनमती कक्षा ७ मा पुगिन, अर्ध बार्षिक परीक्षा सकिए लगतै उनीले गाउँमा आफ्नो अगुवाईमा एउटा बाल वचत सस्था पनि खोलिन । उनी स्कुलमा मात्रै नभएर गाउमा समेत सबैको प्यारो हुन थालिन । मनमतिको बोलाउने नाम राम्रो भएन भनेर नाम पनि चेन्ज गर्नु पर्ने कुरा पटकपटक समूह बाट आइरहेकै थियो । त्यसैले, उनीले क्ीऋ दिनको लागि कक्षा ९ मै रजिस्ट्रेसन फम भर्दा आफनो नाम परिबर्तन गरेर “ मनमाया “ राखिन । स्कुलमा चनमतिलाइ पनि उनका साथीहरुले नाम फेर्ने सल्लाह दिए तर उनको यस तर्फ ध्यान गएन ।

किरण पनि त्यही स्कुल र एउटै क्लासमा पढ्ने एउटा इमान्दार बिध्यार्थी हो । ऊ पनि क्लासको सेकेन्ड ब्वाइ हो । किरणको घर स्कुल नजिकै थियो । स्कुल जादा आउदा उसैको घरको बाटो भएर आउजाउ हुन्थ्यो । किरण साथीभाइहरु सग बोल्दा सधै मुसुक्क हासेर बोल्ने गर्दथ्यो । हास्दा खेरी उसको गालामा खोपिल्टो पर्थ्यो । तेसैले उसका साथीभाइहरु लगायत अरु केटिहरुले पनि मन पराउथे । अझ चनमती र मनमाया त किरणलाई औधी रुचाउथे । उनीहरु मनमनै सोच्थे, आहा …! किरण कति राम्रो छ । कति मज्जाले नरम र मीठो पाराले बोल्छ । हास्दा खेरी गालामा हेरिरहनु जस्तो अनि बोल्दा खेरी बोली सुनिरह्नु जस्तो वाह …. ! कस्तो मान्छे सग पर्छ होला । किरणले पनि त मनपराए हुन्थ्यो नि , किरण सगै लभ गर्नु पाए पनि त हुन्थ्यो । तर किरण ती दुई केटिहरुलाइ वास्ता गर्दैनथ्यो । स्कुल पढ्दै गर्दा कहिलेकाही त किरणको निहुमा चनमती र मनमाया बिच झगडा समेत पर्थ्यो, कहिले कक्षा कोठामा त कहिले बाटोमा । अनि अरु चै सबै जना गलललललल हासिदिन्थे । एक पल्ट त किरणको नोट कपिमा चनमतिले क्ष् ीइख्भ् थ्इग् लेखिदिएको निहुमा ती दुईजनाको बीचमा जगटा लुछालुछ पनि भएको थियो । मनमतीको राम्रा कामकुराहरुले गर्दा किरण पनि केही प्रभावित भएको थियो । बिस्तारै, बिस्तारै किरण र मनमायाको यिखभ पर्न थालेको थियो । जब मनमायाले आफनो नाम परिबर्तन गरेको थाहा पाई तब चनमतीले ठुल्ठुला आँखा तरेर हेर्दै भन्थिन, नाम एस. एल. सी. को परिक्षा आयो सबै जनाले राम्रोसँग परिक्षा दिए । परीक्षा सकिए लगत्तै पढाइको समय ब्रेक अप भको मौका पारेर मनमायाले ठुला बडाहरुको सल्लाह र सर ( सहयोगमा आफ्नै अगुवाइमा एउटा वचत तथा ऋण सहकारी सस्था पनि खोलिन । त्यस पछि गाउँ ठाउँमा झनै मनमायाको कामको सकारात्मक प्रभाब पर्यो । उनलाइ नचिन्ने कोहि भएनन गाउँ, टोल देखि सहर अनि जिल्ला सदर मुकाम सम्म । मिडियाहरुले पनि उनको कामको प्रशंसा गर्दै पत्र पत्रिका र इन्टरनेट मार्फत समाचार छापे । समय समयमा उनीले आफनो सस्था मार्फत विभिन्न बिषयमा तालिम, गोष्ठीहरु तथा जन सहभागितामुलक कार्यक्रम गर्ने, गराउने गर्द्थिन । यस्ता कामहरुले गर्दा किरण पनि प्रभावित हुन्थ्यो अनि ऊ पनि सस्थामा आबद्ध भएको थियो । बिस्तारै उनीहरु बिचको प्रेम सम्बन्ध पनि अझै कसिलो र प्रगाढ हुँदै गयो ।

जब एस. एल. सी. को रिजल्ट फ्ल्यास भयो । मनमाया र किरण फस्ट डिभिजनमा पास भए । चनमती, सन्जोक लगायत अरु केहीले सेकेन्ड डिभिजन र बाकी सबै अरुले थर्ड डिभिजनमा पास गरे । सबै जना खुशी थिए । स्कुलले पनि रेकर्ड तोड्यो किनभने यसपाली ८४५ विद्यार्थी पास भए । आ ( आफनो उज्ज्वल भबिश्य निर्माण गर्ने क्रममा किरण डाक्टर पढ्न लन्डन जान्छ । सन्जोकले सानैमा कराते सिकेको थियो । एस. एल. सी. पश्चात राष्ट्रिय कराते प्रतियोगिता हुदा किक बक्सिङमा उसले प्रथम स्थानमा बिजय हासिल गरेको थियो । उसलाइ नेपाल सरकारले बिदेशी नागरिक नबन्ने सर्तमा सरकारी कोटामा अमेरिका गएर पढ्ने अवसर दियो । मनमतीले पनि आफैले खोलेको २ वटा सस्था चलाउदै स्थानीय ठाउँको कलेजमा मेनेजमेन्ट सकाय पढ्न थालिन । आफू सगैका साथीहरू कोहि देश, कोहि बिदेशमा पढ्न जाने सुनेर चनमती पनि आफू के गर्ने …?? के नगर्ने…?? छ्क्क परिन । अब म चै पैसा कमाउन बिदेश जान्छु भन्ठानेर घरमा कुरा सुनाउछिन । नातिनीले बिदेश जाने कुरा गरेको सुनेर बाजेले, त छोरी मान्छे होस, बिदेस नजा । आफनै देशमा त सुरक्षा छैन, बिदेसमा छोरी मान्छेलाइ खै के के गर्छन अरे ! भन्दै आँसु झार्छन । बाजे ! नरुनुहोस न, रोएको अनुहार र टालेको लुगा कहिले राम्रो देखिन्दैन । फेरि म बिग्रन जाने पनि त हैन । नेपालमा बसेर पढिलेखी पनि के काम छ र ?? आखिर “ दस लोहोटा पानी अटाउने गाग्रीमा थप एक लोहोटा पानी कसो नअटाउला त ? “ चनमतीले घर ( परिवारमा सम्झाउदै पैसा कमाउन बिदेश जाने निधो गरिन ।

आज चनमतीको मनमा केही परिबर्तन आएको छ । सोच्छिन, अनि झल्यास्स हुन्छिन ला…..! उस दिन मैले पनि नाम चेन्ज गरेको भए हुनेरैछ भन्दै पछुतो मान…………….

आज चनमतीको मनमा केही परिबर्तन आएको छ । सोच्छिन, अनि झल्यास्स हुन्छिन ला…..! उस दिन मैले पनि नाम चेन्ज गरेको भए हुनेरैछ भन्दै पछुतो मानिन । नाम पनि त राम्रो छैन, भन्दै उनीले पनि महिनौ दिन सम्म धेरै दुख, कष्ट र झन्झट झेल्दै चम्पा देबीको नाम राखेर नागरिकता र पासपोर्ट बनाइन । त्यसको केही महिना पछि बैदेशिक रोजगारको क्रममा अरब मुलुकको कतार पुगिन । कतार पुगेकै भोलि पल्ट डिउटी जाने समयमा आफनो छेवैको क्याममा २ जना नेपाली युबक केटाहरुलाइ पुलिसले हतकडी लगाउदै गरेको गाडी भित्र बाटै देखिन । छक्क परिन, अनि मनमनै सोचिन किन पुलिसले हतकडी लगाको होला ? बुझदै जादा त रक्सी खाएर झगडा गरेछन र पुलिसले लग्या अरे । हावापानी परिवर्तनको कारण पर्सि देखि चम्पा बिमारी भइन, तापनी केही नबोली उनी ड्युटी गइन । ड्युटी सकेर आए पछि झन उनी सिकिस्त बिमारी भइन ज्वरो आउने, टाउको दुख्ने त्यसपछी घाँटी दुख्ने यस्तै अनेकन बिमारले चाप्दै गयो । नेपालबाट ल्याएको ब्रुफिन विथ पारासिटामोल, दबाइ खाइन तर बीसको उन्नाईस पनि भएन । उनीले क्याम बोस सग केही दिनको लागि छुट्टी मागिन । छुट्टी दिनुको सट्टामा उल्टै चम्पालाइ खाउला झै खै… गर्दै गाली गर्यो । त्यस बेला उनलाइ कसैले के भयो ? भनेर बोलिदिने, खाना खायौ …? भनी सोधी दिने कोहि भएनन् । उनी निरास भएर ओछ्यान परिन । ओछ्यानमा लडिबडि गर्दै , रोइन, कराइन, आतिइन खाना बनाएर खान पनि सकिनन । स्वर पनि भासिन्दै गको थियो । तर पनि बिस्तारै नजिकैको दोकानमा गएर एउटा चाउचाउ किनेर ल्याइन अनि कित्लिमा पानी तताएर भिजाइन र मन लागे जति खाइन । सगै आएकी साथी दिपालाई सम्झीन । उनी पनि अर्कै क्याममा गएकी थिइन । उनले कल्लाइ सुनाउनु मनको पिर र ब्यथाहरु । बेल्का ड्युटी सकेर आउने साथीहरु पनि केही बोलेनन । उनले आफ्नो घर, परिवार अनि सगै पढ्दाको सबै साथी, संगीहरुलाइ झल्झली सम्झीइ रहिन । गहबाट फेरि आँसुको ढिकाहरु ढक ढक झर्न थाल्यो । तै आँसु पनि रूममा कसैले देख्ला कि भन्दै अनुहार आफ्नै बेडको भित्ता तिर फर्काएर रहिन ।

घरबाट आउँदा लागेको ऋण बल्ल तल्ल ६ महिना सम्ममा तिरि सकिन र सातौ महिनाको सेलरी आए पछि चम्पाले पनि ईन्टरनेट चल्ने एउटा राम्रो मोबाइल किनिन । उनले पनि फेस बूक खोलिन । उनका साथीहरूप्प्प सबैलाई फ्रेन्ड रिक्वेस्ट सेन्ट गरिन । सबै साथी संगी हरुलाइ फेस बूक मै पाउँदा अत्यन्तै खुशी पनि थिइन । समय मिलाएर साथीहरूसग अन लाइन च्याटिङ र भिडिओ कल पनि गर्थिन तर मनमायाले एसेप्ट नगरेकोले केही दुखी पनि थिइन । कहिलेकाही चम्पाले मनमायाको टाइम लाइनमा गएर अपडेट गरेको कुराहरु हेरिरहन्थिन । मनमायाले चलाएको २ वटा सस्थाहरुले गरेको सामाजिक कामहरु, फोटो, भिडियो पनि हेर्थिन र दङ्ग पर्थिन, अनि मनमनै जल्थिन । त्यो देखे पछि चम्पाको मनमा यति खट्पट हुन्थ्यो कि कहिले घर जाउ र म पनि मनमायाले जस्तै केही राम्रो काम गरुम । एक पल्ट त मेसेज पनि गरेकी थिइन, ( “बिगतलाइ सम्झेर किन अझै पनि रिसाइ रहेको मनमाया….? जे जस्तो भए पनि म त तिम्रै साथी हु, आखिर किरण पनि त तिम्रै हो, मेरो फ्रेन रिक्वेस्ट गर न ।“ बिस्तारै चम्पाले जीबनको अर्थ, घर परिवारमा आफ्नो जिम्मेवारी, समय र पढाइको महत्व, पैसाको आवश्यकता अनि देसको राजनिती अवस्था, देश प्रतिको माया आदि, इत्यादि कुराहरु बुझ्दै गइन । अनि जीबनमा केही गर्नु पर्ने रैछ भन्ने भावना जाग्न थल्यो ।
१ साल बिते पछि चम्पाले महिनामा १ दिन छुट्टी पाउन थालिन । सो दिन सर सफाइ र अजबतष्लन मै ब्यस्त हुन्थिन तापनी उनी आफुलाइ हेर्थिन अनि सुधार्ने प्रयास गर्छिन । आफनो देश र देसको राजनीति अवश्थालाई राम्ररी नियाल्ने गर्द्िथन । देशमा सधै भरी यस्तै राजनितिक द्वन्द, अराजकता बढिरहे नेपाली जनताले कसरी बाच्ने ? यस्तै यस्तै कुराहरु सोचि रहन्थिन । राती सुतेकै ठाउमा र सडक दुर्घटनामा परि धेरै नेपालीहरुले ज्यान गुमाउदा अनि महिनामा ३ वटा सम्म लास नेपाल भित्रीएको देख्दा चम्पाको मन नआतिएको पनि हैन । यी सब कुराहरु देख्दा सुन्दा उनलाइ बिदेस छोडेर आज नैै, भोलि नै घर जाउ जाउ नलागेको पनि हैन । तर के गर्ने र ? कम्पनी सगको एग्रीमेन्ट अनुसारको समय, अबधी पनि त पूरा भको छैन, अब अर्को साल फिनिस घर जान्छु भन्दै मन बुझाउदै काम गर्न लाचारी भइन ।
आज चम्पा बिदेशिएको पनि २ साल बितेछ । हप्ता दिन पछि उनी घर जाने टिकट पनि आउछ । उनी धेरै खुशी थिइन र मनमनै सोचिन, अब बिदेश सिदेश आइन्दैन मनमाया सग मिलेर घरमै बसेर गाउँ र समाजको सेवा गर्छु । तर मनमया म देखि धेरै रिसाएको छ । के म उसलाइ फेरि साथीको रुपमा पाउन सक्छु त ? उसबेला साथी भनेर मैले राम्ररी चिन्न पनि सकिन । मैले ऊ सग माफी माग्नु पर्छ, उनलाइ साथी बनाउनु पर्छ । तर कसरी …..? लगभग दुई दसक पछिको अन्तरालमा देशमा स्थानीय चुनाब हुदै रहेछ । यहि मौकामा केही राम्रो काम गरेर देश र समाजको सेवा गरौ । मेरो जीवन रहे सम्म सधै सहयोग गरिरहने छु , यहि कुरा भन्ने छु मनमाया सँग ।

आज चनमतीको मनमा केही परिबर्तन आएको छ । सोच्छिन, अनि झल्यास्स हुन्छिन ला…..! उस दिन मैले पनि नाम चेन्ज गरेको भए हुनेरैछ भन्दै पछुतो मानिन । नाम पनि त राम्रो छैन, भन्दै उनीले पनि महिनौ दिनसम्म धेरै दुख, कष्ट र झन्झट झेल्दै चम्पा देबीको नाम राखेर नागरिकता र पासपोर्ट बनाइन । त्यसको केही महिना पछि बैदेशिक रोजगारको क्रममा अरब मुलुकको कतार पुगिन । कतार पुगेकै भोलिपल्ट डिउटी जाने समयमा आफनो छेवैको क्याममा २ जना नेपाली युबक केटाहरुलाइ पुलिसले हतकडी लगाउदै गरेको गाडी भित्रबाटै देखिन । छक्क परिन, अनि मनमनै सोचिन किन पुलिसले हतकडी लगाको होला ? बुझदै जादा त रक्सी खाएर झगडा गरेछन र पुलिसले लग्या अरे । हावापानी परिवर्तनको कारण पर्सिदेखि चम्पा बिमारी भइन, तापनी केही नबोली उनी ड्युटी गइन । ड्युटी सकेर आएपछि झन उनी सिकिस्त बिमारी भइन ज्वरो आउने, टाउको दुख्ने त्यसपछी घाँटी दुख्ने यस्तै अनेकन बिमारले चाप्दै गयो । नेपालबाट ल्याएको ब्रुफिन विथ पारासिटामोल, दबाइ खाइन तर बीसको उन्नाईस पनि भएन । उनीले क्याम बोस सग केही दिनको लागि छुट्टी मागिन । छुट्टी दिनुको सट्टामा उल्टै चम्पालाइ खाउला झै खै… गर्दै गाली गर्यो । त्यस बेला उनलाइ कसैले के भयो ? भनेर बोलिदिने, खाना खायौ …? भनी सोधी दिने कोहि भएनन् । उनी निरास भएर ओछ्यान परिन । ओछ्यानमा लडिबडि गर्दै , रोइन, कराइन, आतिइन खाना बनाएर खान पनि सकिनन । स्वर पनि भासिन्दै गको थियो । तर पनि बिस्तारै नजिकैको दोकानमा गएर एउटा चाउचाउ किनेर ल्याइन अनि कित्लिमा पानी तताएर भिजाइन र मन लागे जति खाइन । सगै आएकी साथी दिपालाई सम्झीन । उनी पनि अर्कै क्याममा गएकी थिइन । उनले कल्लाइ सुनाउनु मनको पिर र ब्यथाहरु । बेल्का ड्युटी सकेर आउने साथीहरु पनि केही बोलेनन । उनले आफ्नो घर, परिवार अनि सगै पढ्दाको सबै साथी, संगीहरुलाइ झल्झली सम्झीइ रहिन । गहबाट फेरि आँसुको ढिकाहरु ढक ढक झर्न थाल्यो । तै आँसु पनि रूममा कसैले देख्ला कि भन्दै अनुहार आफ्नै बेडको भित्ता तिर फर्काएर रहिन ।

‘‘कल्लाइ सुनाउनु मनको पिर र ब्यथाहरु । बेल्का ड्युटी सकेर आउने साथीहरु पनि केही बोलेनन । उनले आफ्नो घर, परिवार अनि सगै पढ्दाको सबै साथी, संगीहरुलाइ झल्झली सम्झीइ रहिन् । गहबाट फेरि आँसुको ढिकाहरु ढक ढक झर्न थाल्यो । तै आँसु पनि रूममा कसैले देख्ला कि भन्दै अनुहार आफ्नै बेडको भित्तातिर फर्काएर रहिन् ।’’

घरबाट आउँदा लागेको ऋण बल्ल तल्ल ६ महिना सम्ममा तिरि सकिन र सातौ महिनाको सेलरी आए पछि चम्पाले पनि ईन्टरनेट चल्ने एउटा राम्रो मोबाइल किनिन । उनले पनि फेसबूक खोलिन । उनका साथीहरू प्राय सबैलाई फ्रेन्ड रिक्वेस्ट सेन्ट गरिन । सबै साथी संगी हरुलाइ फेसबूक मै पाउँदा अत्यन्तै खुशी पनि थिइन । समय मिलाएर साथीहरूसग अनलाइन च्याटिङ र भिडिओ कल पनि गर्थिन । तर मनमायाले एसेप्ट नगरेकोले केही दुखी पनि थिइन । कहिलेकाही चम्पाले मनमायाको टाइम लाइनमा गएर अपडेट गरेको कुराहरु हेरिरहन्थिन । मनमायाले चलाएको २ वटा सस्थाहरुले गरेको सामाजिक कामहरु, फोटो, भिडियो पनि हेर्थिन र दङ्ग पर्थिन, अनि मनमनै जल्थिन । त्यो देखे पछि चम्पाको मनमा यति खट्पट हुन्थ्यो कि कहिले घर जाउ र म पनि मनमायाले जस्तै केही राम्रो काम गरुम । एक पल्ट त मेसेज पनि गरेकी थिइन, (“बिगतलाइ सम्झेर किन अझै पनि रिसाइ रहेको मनमाया….? जे जस्तो भए पनि म त तिम्रै साथी हु, आखिर किरण पनि त तिम्रै हो, मेरो फ्रेन रिक्वेस्ट गर न ।“ बिस्तारै चम्पाले जीबनको अर्थ, घर परिवारमा आफ्नो जिम्मेवारी, समय र पढाइको महत्व, पैसाको आवश्यकता अनि देसको राजनिती अवस्था, देश प्रतिको माया आदि, इत्यादि कुराहरु बुझ्दै गइन । अनि जीबनमा केही गर्नु पर्ने रैछ भन्ने भावना जाग्न थल्यो ।
१ साल बिते पछि चम्पाले महिनामा १ दिन छुट्टी पाउन थालिन । सो दिन सर सफाइ र अजबतष्लन मै ब्यस्त हुन्थिन तापनी उनी आफुलाइ हेर्थिन अनि सुधार्ने प्रयास गर्छिन । आफनो देश र देसको राजनीति अवश्थालाई राम्ररी नियाल्ने गर्द्िथन । देशमा सधै भरी यस्तै राजनितिक द्वन्द, अराजकता बढिरहे नेपाली जनताले कसरी बाच्ने ? यस्तै यस्तै कुराहरु सोचि रहन्थिन । राती सुतेकै ठाउमा र सडक दुर्घटनामा परि धेरै नेपालीहरुले ज्यान गुमाउदा अनि महिनामा ३ वटासम्म लास नेपाल भित्रीएको देख्दा चम्पाको मन नआतिएको पनि हैन । यी सब कुराहरु देख्दा सुन्दा उनलाइ बिदेस छोडेर आज नैै, भोलि नै घर जाउ जाउ नलागेको पनि हैन । तर के गर्ने र ? कम्पनी सगको एग्रीमेन्ट अनुसारको समय, अबधी पनि त पूरा भको छैन, अब अर्को साल फिनिस घर जान्छु भन्दै मन बुझाउदै काम गर्न लाचारी भइन ।
आज चम्पा बिदेशिएको पनि २ साल बितेछ । हप्ता दिन पछि उनी घर जाने टिकट पनि आउछ । उनी धेरै खुशी थिइन र मनमनै सोचिन, अब बिदेश सिदेश आइन्दैन मनमायासँग मिलेर घरमै बसेर गाउँ र समाजको सेवा गर्छु । तर मनमया म देखि धेरै रिसाएको छ । के म उसलाइ फेरि साथीको रुपमा पाउन सक्छु त ? उसबेला साथी भनेर मैले राम्ररी चिन्न पनि सकिन । मैले ऊ सग माफी माग्नु पर्छ, उनलाइ साथी बनाउनु पर्छ । तर कसरी …..? लगभग दुई दशकपछिको अन्तरालमा देशमा स्थानीय चुनाब भयो । यहि मौकामा केही राम्रो काम गरेर देश र समाजको सेवा गरौ । मेरो जीवन रहे सम्म ……….. ।                                                              राजकुमार श्रेष्ठ (हाल कतार)