सबैको आशाका केन्द्र ठाकुर वडाध्यक्षका बलियो उम्मेदवार

1205
views

रोशन तिवारी
पर्वत, २८ चैत्र । –उमेर वल्ल २२ लागेका ठाकुर रसाईलीको राजनीतिक उचाई निकै अग्लो छ । विद्यार्थी राजनीतिबाट एकाएक जिल्ला तहमा उनको चर्चा उचाईमा पुगेकै थियो । हालै सम्पन्न दलित संघ पर्वतको अधिबेशनले ठाकुर रसाईलीलाई जव जिल्ला कोषाध्यक्षमा सर्वसहमत चयन ग¥यो उनको चर्चाले झन उचाई लिँदै गयो ।
स्थानीय तहको निर्वाचनमा महाशिला गाउँपालिका ६ फलामखानीको वडा अध्यक्षमा निर्विकल्प उम्मेदवारको रुपमा रसाईलीको नाम सिफारिस हुने भएको छ । नेपाली काँग्रेस गाउँ कार्यसमितिले ठाकुरको नाममा सहमती जुटाईसकेको छ, निर्णय हुन वाँकि छ । उनी फलामखानीका अन्य दलका उम्मेदवारलाई राम्रै संग धक्का दिने हैषियतका उम्मेदवार हुन् । रसाईली भन्छन–‘ गाउँको विकास कसरी गर्ने भन्ने मेरो खास योजना छ, उनले भने वडाध्यक्षको जिम्मेवारीमा पुगेपछि मैले फलामखानीलाई जिल्लाकै नमूना गाउँ बनाउने छु ।
काँग्रेसले गतिलो संरक्षण नगर्दा अन्य पार्टिमा लागेका व्याक्तिहरु यसपालि मेरो उम्मेदवारी परेपछि हाम्रै पक्षमा आएका छन् । फलामखानीको अलपत्र खानी सञ्चालन गर्ने, खानेपानीको समस्यामा रहेका गाउँले दाजुभाईलाई खानेपानीको व्यवस्थापन, स्वास्थ्यको पहुँच पु¥याउने, फलामखानीलाई पर्यटकिय गन्तव्य वनाउने मेरो प्राथमिक योजना हुन् उनले भनेका छन् ।
सानै देखि गाउँका संघसंस्थामा अगुवाई गर्दै आएका रसाईली यूवादेखि वृद्धहरुको मनमा सजिएका उम्मेदवार हुन् । उनी भन्छन् –‘विगतमा जुनसुकै पार्टिमा लागेको भएपनि यसपालि मेरो उम्मेदवारी परेमा सबैले मेरो पक्षमा भोट हाल्नेमा म सत प्रतिशत विश्वस्त छु , । मैले यो पार्टी र त्यो पार्टीको उम्मेदवार भन्दा पनि सबै पार्टिको साझा उम्मेदवारको रुपमा मलाई हेरेको छु, उनले भनेका छन् । अन्य पार्टीले उम्मेदवार उठाउन खोजेका व्याक्तिको तुलनामा उनी शिक्षित, भिजन भएको,
समाजमा भिजेको, दुरदर्शी, प्रष्ट वक्ता र मिलनसार रहेका छन् । उनका काका,मामा देखि फुपुहरुले विगतमा एमालेलाई भोट हाल्ने गरेका थिए । विगतमा एमालेका आस्वसनले भोट खसालेका उनीहरु अहिले आफ्नै भाई छोरा उम्मेदवार वनेपछि रसाईलीलाई भोट हाल्न आतुर भएका छन् । नेपाली काँग्रेस गाउँ कार्यसमितिले स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणाकै दिन उनलाई उम्मेदवारको निम्ता दिएको थियो ।
यूवाहरुका प्रिय पात्र रहेका रसाईली स्थानीय सञ्चारमाध्यममा कुशल सञ्चारकर्मीको रुपमा पनि काम गर्छन । रसाईली भन्छन्–‘मेरो गाउँका दलित, जनजाती, अपाङ्ग, महिला, वालवालिकाहरुले आजसम्म अभिभावक पाएका थिएनन्,‘ अहिले उहाँहरुको सुखदुखमा साथ दिनुपर्छ भनेर उम्मेदवार उठ्न लागको हुँ उनले भने । ठाकुर रसाईली नेपाली काँग्रेसको तर्फवाट वडा अध्यक्षमा उम्मेदवार वन्न लागेको देखेर एमाले, माओबादी केन्द्रको सातो गएको काँग्रेस गाउँ कार्यसमितिका सभापति भिमवहादुर क्षेत्रीले बताए । यसपालि एमालेले आफ्नो लालकिल्ला भन्ने गरेको फलामखानीमा काँग्रेसले दरो टक्कर दिएर विजयी हुने उनले वताए । फलामखानी विगत देखि नै राजनीतिक दाउपेचले विचलित हुँदै आएको छ ।
जिल्ला तथा केन्द्र तहमा पहुँच भएका कोहि नहुँदा गाउँको विकास पछाडी परेको छ । राजनीतिक वलजोड नहुँदा एसियामै उत्कृष्ठ फलाम पाईने फलामखानी सञ्चालन गर्न कुनै पहल हुन सकेको छैन । यदि फलाखानीको फलाम निकाल्न सक्ने हो भने नेपालले विदेशवाट फलाम किन्नै पर्दैन । तर यत्रो सम्पत्ती भएको क्षेत्र गतिलो नेता नहुँदा अलपत्र परेको छ । गाउँमा वर्षेनी चट्याङ लागेर मान्छे मर्छन ।
हिउँदका महिनामा पानी पिउन नपाएर गाउँका आमावुवा काकाकुल वन्छन् । चुनावका अघिल्ला दिन भोजभतेर गराएर र ठुला ठुला सपना देखाएर भोट सोहर्नेहरु जितेपछि पीडामा जलेका मतदाताको दैलोमा फर्किने गरेका छैनन् । ठाकुर रसाईली फलामखानी ४ का वासिन्दा हुन् । उनले पनि विगतमा यस्तै राजनीतिक चोटले ग्रसित भएर यसपालि त्यसैको ईखले वडाअध्यक्ष भएर गाउँलेको सेवक बन्न खोजेका हुन् ।
उनी सबै पार्टि, सबै वर्ग, जातजाती, लिंगका व्याक्तिलाई एकिकृत गरेर यसपालिको स्थानीय तहमा वहुमत ल्याएर विजयी हुने रणनीतिमा जुटेका छन् । उमेरले थोरै भएपनि विचार र व्यवहारमा पाका रसाईलीलाई नेपाली काँग्रेस जिल्ला कार्यसमितिले पत्याईएका उम्मेदवार हुन् । काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले उनलाई विजयी हुने उम्मेदवारको रुपमा हेरेका छन् । क्षेत्रीय कार्यसमितिले पनि उनलाई नै टिकट दिने पक्कापक्की भैसकेको छ ।
त्यसैले फलामखानीमा ठाकुरले विजयीको माला पहिरिने अन्तिम तयारीमा रहेका छन् । विगतमा झुठा र उदारो आस्वसनमा विकेका स्थानीय वासिन्दा यसपालि भविष्यमा नपछुताउने गरि काँग्रेसका उम्मेदवार रसाईलीलाई जिताउने भित्री तयारीमा लागेका छन् । साँच्चै अव भने फलामखानीले विकास र निकास पाउने छ भन्ने सबैले आशा लिएका छन् ।