रुपन्देहीमा १ सय ६१ जनामा डेंगुको संक्रमण

592
views

भैरहवा, २, श्रावण । बर्षायामको सुरुवातसँगै रुपन्देहीमा यो वर्ष १ सय ६१ जनामा डेंगु रोगको संक्रमण फेला परेको छ । उपचार गराउन अस्पताल पुगेका मध्ये असार मसान्तसम्म १ सय ६१ जनामा डेंगुको संक्रमण फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यो तथ्यांक पछिल्ला ४ वर्षकै बढी हो । संक्रमितको संख्या बढ्दै गएपछि कार्यालयको टोलीले प्रभावित क्षेत्रमा लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने अभियानसँगै चेतनामूलक कार्यक्रम चलाउने भएकोे छ ।जनस्वास्थ्य कार्यालय रुपन्देहीले स्वास्थ्यकर्मी, स्वयंसेविका सहितको टोली परिचालन गर्ने जनाएको छ ।एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाईबाट यो रोग लाग्ने गर्दछ । डेंगुको संक्रमण भएका बिरामीमा उच्च ज्वरो, आँखाको गेडी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाक लाग्ने, टाउको दुख्ने, नाकबाट रगत बग्ने, दिशा कालो हुनेजस्ता लक्षण देखिन्छ ।