पर्वतमा बदरमतको संख्या न्यून, आंशिक बदर बढी

345
views

महेन्द्र जिसी
पर्वत,२,साउन । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पर्वतका मतदाताहरुले निकै कम मत मात्रै बिगारेको पाइएको छ । जिल्लाका ७४ मतदान स्थालमा गरीएको मतदान प्रकृयामा पुर्ण मत बदरको संख्या न्युन देखीएको हो । निर्वाचनको करिव दुई महिनापछि निर्वाचन कार्यालयले जिल्लामा खसेका कुल मत, सदरमत, आंशिक, पुर्ण बदर मतको संख्या सार्वजनिक गरेको छ ।
निर्वाचन कार्यालयका अनुसार विगतका तुलनामा यो पटकको निर्वाचनमा सबैभन्दा कम मत बदर भएको पाइएको छ । ६४ र ७० को संविधानसभा निर्वाचनमा करिव दुई प्रतिशत मत पुर्ण बदर भएकोमा यो निर्वाचनमा खसेको मतको शुन्य दशमलव ८ प्रतिशत मात्रै मत पुर्ण बदर भएको पाइएको छ ।
९९ हजार २४२ मतदाता रहेको पर्वतमा ६९ हजार ३३१ अर्थात ६९.८६ प्रतिशत मत खसेका थिए । एउटै मतपत्रका सातवटा चिन्हमा मतसंकेत गर्नुपर्दा यो बदरमत निकै न्यून भएको निर्वाचन कार्यालयले जनाएको छ । मुलुकका अरु जिल्लाहरुको तुलनामा पनि पर्वतको बदरमत संख्या निकै न्यून हो । निर्वाचन कार्यालयले मतपरिणाम सार्वजनिक भइसकेपछि निर्वाचित तह र प्रत्येक वडाका मतबाट बदर मतको संख्या निकालेको हो ।
कार्यालयको तथ्याङ्कमा आंशिक बदरमत ७.९६ भएको सार्वजनिक गरेको छ । जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार आंशिक बदर मतपत्रमा अधिकँंस मतदातादे केहि उम्मेदवारहरुलाई मात्रै मत दिएर छोडेका छन् । आंशिक ५ सय १८ मतपत्रमध्ये दुई तिहाई भन्दा धेरै मतपत्रमा सातवटै चिन्हमा मतसंकेत नगरेका कारण तिनलाई आंशिक बदरमा राख्नुपरेको निर्वाचन अधिकारी शर्माले बताउनुभयो ।
छ वटा चिन्हमा मतसंकेत गरेर एउटा छुटेकोलाई पनि आंशिक बदर मान्नुपर्ने व्यवस्था निर्वाचनले गरेका कारण त्यस्तैलाई गन्दा आंशिक बदर धेरै देखिएको कार्यालयले जनाएको हो ।दुई नगरपालिका र पा“च गाउ“पालिकामध्ये सबैभन्दा बढी जिल्लाकै दुर्गम महाशिला गाउ“पालिकामा सबैभन्दा बढी १ दशमलव ४० प्रतिशत मत पुर्ण बदर पाइयो । ‘अशिक्षित समुदायमा मत पनि बढी बदर भेटिएको कार्यालयले बताएको छ ।
कुल मतदाताको करिव ५५ प्रतिशत महिला मतदाता रहेको पर्वतमा खसेका मतमध्ये करिव ६५ प्रतिशत महिलाका मत भएको पाइएको छ । अधिकांश पुरुष मतदाता जिल्ला तथा देशबाहिर रहेका कारण मतदान गर्नेमा महिला बढी देखिएको हो । गाउ“मा बस्ने बृद्ध महिलाहरुलाई मतपत्रमा मतसंकेत गर्ने तरिका राम्रोसंग बुझाउन कमजोरी भएकोले बदरमतमा महिलाकै धेरै भएको निर्वाचन कर्मचारीहरुको ठहर छ । पुर्ण बदर मतमध्ये केहिले औंठाछाप समेत लगाएको फेला परेको थियो ।