एसियाकै ठूलो सिमेण्ट उद्योगलाई १० करोड घाटा

388
views

जलजले (गाईघाट), २ श्रावण । विद्युत प्राधिकरणको लापरवाहीका कारण एसियाकै ठुलो उद्योग उदयपुर सिमेण्ट उद्योगले १० करोड घाटा व्यहोर्नु परेको छ । झण्डै १५ बर्षको अन्तरालपछि यो बर्ष नाफामा चलेको उद्योग पछिल्लो तीन महिना विद्युत आपुर्तिमा समस्या हुँदा १० करोड घाटामा गएको हो ।आपूर्ति समस्या हुँदा १० करोड घाटा व्यहोरेपनि उद्योग भने पूरै घाटामा नरहेको महाप्रबन्धक सुरेन्द्र पौडेलले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ’त्यो घाटा कटाएर पनि अहिले उद्योगमा ८ करोड रुपियाँ मौजाद छ ।’ प्राधिकरणले उद्योगलाई २४ घण्टा विद्युत आपुर्ति उपलब्ध गराउने आश्वसन दिएपनि सरदर दैनिक २० घण्टाभन्दा बढी उपलब्ध गराउन नसकेको उद्योगका नायम महाप्रबन्धक नवलकिशोर साहले बताउनुभयो ।
‘२ बर्ष यता कुनै दिनपनि २४ घण्टा विद्युत आपुर्ति हुन सकेको छैन्,’ उहा“ले भन्नुभयो, ‘लोडसेडिङ बाहेक विद्युत आपूर्ति भैरहेको बेला प्रत्येक २ घण्टाको अन्तरालमा छिन छिनमा लाईन जान्छ, यसरी जाने लाईन दैनिक ४ घण्टा बढि हुन आउँछ ।’ ’लाईन २४ घण्टा आउने हो भने दैनिक १६ हजार बोर उत्पादन गर्ने उद्योगको क्षमता छ,’ अहिले २० घण्टाको सेरोफेरोमा लाईन आउ“दा ८ देखि १० हजार बोरो उत्पादन हुने गर्दछ ।’ लाईनकैकारण उद्योग सरदर महिनामा २५ देखि बढिमा २७ दिनसम्म चल्ने गरेको छ ।
वि.स.२०४४ सालमा स्थापित उद्योग संचालनको केही वर्ष राम्ररी संचालनमा आएको भएपनि त्यस पछि भने विभिन्न कारणले प्रभाबकारी ढंगले चल्न सकेको छैन । मुलुकमा लोडसेडिङ सुरु भएपछि त्यसको मार उदयपुर सिमेन्टले खेप्दै आएको थियो । उद्योग स्थापनाहु“दा चौविसै घण्टा विद्युत आपूर्ति गरिने विद्युत प्राधिकरणस“ग संझौता भएको उद्योग प्रशासनको भनाई छ । तर प्राधिकरणले संझौता विपरीत अरु बेला पनि विद्युत काट्ने गरेको प्रशासनको दावि छ ।