भरतपुर महानगरको मतगणना विवादको सुनुवाई सर्याे

549
views

काठमाण्डौ, २, श्रावण । आज हुने भनिएको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को विवाद पुनः ६ दिनको लागि सारिएको छ । आज भएको न्यायधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा सुनुवाई सुरु भए पनि कानून व्यवसायीको बहस नसकिएकाले मुद्दाको किनारा लाग्न भने सकेन् । मुद्दा हेर्दै समय सकिएर मुद्दा भोली सुरु हुने भने पनि न्यायधीश पुरुषोत्तम भण्डारी विशेष कारणले भारत जाने भएकाले यो मुद्दालाई ६ दिन पर धकेलिएको छ । न्यायधीश भण्डारी भारतबाट ७ गते फर्कने तथा ८ गते यो मुद्दाको सुनुवाई हुने सर्वोच्चले जनाएको छ ।