फिलिपिन्सका लोकप्रिय राष्ट्रपतिको ८२ प्रतिशतले प्रशंसा

333
views

फिलिपिन्स, ३, साउन । अधिकांश फिलिपिनी जनताले राष्ट्रपति रोड्रिगो डुटेर्तेको एक वर्षको कार्यकालमा उहाँको कार्यको प्रशंसा गरेको पाइएको सोमबार सार्वजनिक एक स्वतन्त्र सर्वेक्षणले देखाएको छ ।
पल्स एसिया रिसर्च इन्कद्वारा जुन २४ देखि २९ सम्म गरेको फिलिपिनी सरकारी अधिकारीहरूको कामको मुल्याङ्कन सर्वेक्षणमा राष्ट्रपति डुटेर्तेको कार्यकालमा उहाँबाट चलाएको अभियानको ८२ प्रतिशत नागरिकले प्रशंसा गरेका छन् । देशभरका विभिन्न समुदायमा गरिएको उक्त सर्वेक्षण एक हजार २०० नागरिकबीच गरिएको थियो ।
“प्राय फिलिपिनी नागरिकले उहाँ (डुटेर्ते)को कामको प्रशंसा गरेको पाइएको छ,” उपराष्ट्रपति मारिया लेअनर राब्रेडो तथा सिनेटका अध्यक्ष अकिलिनो पिमेन्टलले बताउनुभयो । सर्वेक्षणमा रोब्रडोलाई ६१ प्रतिशत र पिमेन्टललाई ६२ प्रतिशतले प्रशंसा गरेका बताइएको छ ।
सहभागीमध्ये १३ प्रतिशतले नागरिकले आफूहरू डुटेर्तेको कार्यक्रमबारे मुल्याङ्कन गरिरहेको जनाउँदै निर्णय दिन चाहेनन् भने पाँच प्रतिशतले डुटेर्तेको कार्यकालको पहिलो वर्षका कामकोे खुलेर विरोध जनाएका थिए । समग्रमा डुटेर्तेलाई सबैभन्दा बढी रुचाएका पाइएको सर्वेक्षण प्रतिवेदनमा जनाइएको छ ।
पिलिपिनी राष्ट्रपति डुटेर्तेमाथि पश्चिमा मुलुक र मानव अधिकारवादी सङ्घस्ंस्थाबाट उहाँको गैरप्रजातान्त्रिक गतिविधि (अभियान) लाई लिएर एकपछि अर्को आलोचना आइरहेका समयमा यो प्रतिवेदन सार्वजनिक भएको हो ।लागुऔषध कारोबारका नाममा गरिएको कडा अभियान र मिन्दानाओ क्षेत्रमा सैनिक शासनका घोषणाविरुद्ध मानवअधिकारवादी सङ्घसङ्गठन तथा पश्चिमा मुलुकले डुटेर्तेको अभियानको आलोचना गर्दै आएका छन् ।
सरकारी अधिकारीले मारावी शहरमा भइरहेको इश्लामिक स्टेट (आईएस) विरुद्धको द्वन्द्वमा ४११ जना विद्रोहीसहित ९७ सुरक्षाकर्मी, ४५ सर्वसाधारणगरी जम्मा ५९३ जनाको मृत्यु भएको छ । सन् २०१६ मा कार्यभार सम्हाल्नुभएका राष्ट्रपति डुटेर्तेले सन् २०२२ सम्मको छ वर्ष लामो कार्यभार सम्हाल्नुहुनेछ । सिन्ह्वा