मुटुको उपचारका लागि पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

601
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, ४, श्रावण । पूर्व राजा ज्ञानेन्द्र शाह मुटुसम्बन्धी उपचारको लागि अस्पताल भर्ना भएका छन् । शाह बुधवार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका हुन् ।
नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको हो । शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी गरिएको अस्पताल स्रोतले बतायो ।
पूर्व राजा शाहले दुइृ साताअघि ७१औँ जन्मोत्सव मनाएका थिए । शाहले यस अघि पनि नर्भिकमै उपचार गराएका थिए ।