तेस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

266
views

काठमाडौं ५, श्रावण । निर्वाचन आयोगले तेस्रो चरणमा हुने प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सञ्चालनको लागि निर्वाचन कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ । आयोगको बुधबार बसेको बैठकले कार्यतालिकासहितको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।
प्रदेश नं। २ का ८ ९आठ जिल्लाका १२७ (९एक सय सत्ताइस) स्थानीय तह ९गाउँपालिकारनगरपालिकाको निर्वाचन सम्पन्न गर्नको लागि आयोगले भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका तय गरेको छ ।
यस्तै असोज २ गते बिहान ७ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म सञ्चालन गर्ने गरी आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको पनि प्रवक्ता सूर्यप्रसाद शर्मालजानकारी दिए ।