काभ्रेको बनेपामा एकैपरिवारका चारजना मृत

538
views

काभ्रे ७, साउन काभ्रेको बनेपामा एकैपरिवारका चारजना मृत भेटिएपछि काठमाडौंबाट डाक्टरसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली  काठमाडौंबाट बनेपामा  डाक्टरसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली बनेपा पुगेको छ ।बनेपा नगरपालिका–७ बसपार्कमा होटल सञ्चालन गरेर बसेका राजन दाहाल, उहाँका बुवा हरिभक्त, आमा हरिमाया र बहिनी रञ्जना शुक्रबार बेलुका आफ्नै होटलभित्र मृत भेटिएपछि डाक्टरसहित सिआइबीको ७ सदस्यीय टोली बनेपा पुगेका हुन् । शव रहेको ठाँउमा विष प्रयोग गरेको केही खाली सिसी भेटिएको पनि प्रहरीले बतएको छ ।