बुटवलको मुख्य सडकलाई ६ लेनको बनाईँदै, कुल लागत ४७ करोड

371
views

रुपन्देही । करीब ४७ करोडको कुल लागतमा वुटवल देखी वेलहियासम्म ६ लेनको सडक विस्तारको काम अघि बढेको छ । वुटवलको मूख्य सडक चार लेनको रहेको थियो । चौराहाबाट चिडियाखोलासम्मको सडक छ लेनको बनाउन लागिएको हो । यो क्षेत्रमा पर्ने घरटहरा हटाउन व्यापारिक मार्ग आयोजनाले आग्रह गरेको छ । आयोजनाले विस्तार गर्न लागेको उक्त सडक क्षेत्रमा पर्ने घर टहरा हटाउन गरेको आग्रहलाई स्थानीयले मानिरहेका छैनन् । घरटहरा हटाउन आयोजनाले भदौं ५ गतेसम्म समय दिएको छ ।आयोजनाका इन्जिनियर लिलावहादुर भण्डारीका अनुसार यस क्षेत्रमा ३ सय ११ वटा त्यस्ता घर टहरा छन् । तोकिएको समयमा नहटाएर घरटहरा भत्काइने उनले बताए । सडकको केन्द्रदेखि २५ मिटर दायाँ तथा २५ मिटर बायाँ भित्रपर्ने घर टहरा कम्पाउण्डलगायतका स्थायी, अस्थायी संरचना हटाउन अनुरोध गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाले २०३४ साल असार २० भन्दा अगाडी निर्माण भएका घर रहेमा घरधनीहरुलाई सप्रमाण आवश्यक कागजातहरु संलग्न राखी आयोजनामा निवेदन दिन पनि आग्रह गरेको छ । बुटवलमा करिव साढे तीन किलोमिटर सडकलाई ६ लेन बनाउन लागिएको छ ।४७ करोड लागतमा बुटवलको मूख्य सडकलाई ६ लेनको बनाईँदैछ ।