मोदी गाउँपालिका गिज्यानमा भासिएको जमिनले दर्जनौ कुरिया विस्थापितको खतरामा

331
views

महेन्द्र जिसी
पर्वत, १०, श्रावण । मनशुन बस्ति नजिकै खनिएका कच्ची सडक र सडकको भल कटान नहुँदा बस्तिमा बाढी र जमिन भासिने खतरा देखिन थालेको हो । वर्षादका कारण मोदी गाउँपालिका–६ स्थित गिज्यानमा जमिन भासीँदा दर्जनौ कुरीयाका रहेको दलीत वस्ती जोखीममा परेको छ । मोदी गाउँपालिका–६ गिज्यानमा जमिन भासीदा स्थानीयले त्रासमा रात विताउन थालेका छन । असारको मनशुन शुरु भएसँगै यहाँ सयौ स्थानमा जमीन भासीँदा त्रास बढेको हो । स्थानीयका अनुसार अहिले खेतवारी र घरगोठ तथा घर अगाडी समेत जमिन भासिएका कारण बस्तीमा त्रास बढेको हो । स्थानीयहरु लालावालाको जीवन जोखीममा पर्ने हो कि भन्ने चिन्तामा रहेका छन । जमिन भासि पशु धनको क्षति भईसकेको छ । खेत रोप्न क्रममा फाँट भासीदाँ हल गोरु भासिएको जमिनमा फसेको समेत स्थानीयको भनाई छ ।
विपन्न र दलीत वस्ती रहेका कारण आँफुहरुसँग अन्यत्र सुरक्षित स्थानको जमिन नभएका कारण बस्ती छाड्न नसकेको पीडितहरुले बताएका हुन । उनिहरुले खोलाको कटानको जमीन र वर्षादको भल व्यवस्थित नहुँदा जमिनका खाडल पर्ने क्रम बढेको बताएका हुन । स्थानीय गिता नेपालीले घर वरपर खाडल पर्दैैै गएका कारण घरमा बस्न जोखीम बढेको बताईन् । नेपालीले वालवच्चा घरमा छाडेर मेलापात निस्कन समेत समस्या भएको बताईन् ।
भुकम्पपछि जमिन भासिने क्रम बढेको स्थानीयले बताएका हुन ।