हुम्लामा मुक्त हलिया कार्यक्रमको रकम फ्रिज

296
views

हुम्ला, ११, साउन । मालपोत कार्यालय हुम्लामा आएको अख्तियार प्राप्त आव २०७३÷०७४ को रु १८ करोड ५१ लाख रकम मध्ये खर्च हुन नसकी एक करोड १९ लाख रुपैयाँ फ्रिज भएर गएको छ ।मालपोत कार्यालयका प्रमुख लालप्रसाद ढकालका अनुसार हुम्लामा सञ्चालित मुक्त हलिया पुनःस्थापना कार्यक्रममा घर निर्माण र जग्गा खरिद मर्मत ‘क’ वर्गको जग्गा खरिद र घर निर्माण समेत ५५ जनालाई प्रतिव्यक्ति रु दुई लाखका दरले र ‘ख’ वर्ग घर मर्मत एक हजार १०० जनालाई रु एक लाख २५ हजार र ‘ग’ वर्ग नयाँ घर निर्माण ६७ जनालाई रु १७ करोड ३२ लाख खर्च भएको तर हुम्ला जिल्लाका कुनाकाप्चामा रहेका जनताले समयमै काम नगरेपछि रकम फ्रिज हुन गएको हो ।