फेसबुकको आम्दानी ७१ प्रतिशतले बढ्यो

855
views

अमेरिका – विश्वमा करिब एक चौथाई प्रयोकर्ता भएको सामाजिक सञ्जाल फेसबुकको आम्दानी ७१ प्रतिशतले बढेको छ । फेसबुक कम्पनीका अनुसार गत महिना रहेका १.९४ अर्ब सक्रिय फेसबुक प्रयोगकर्ताहरुको संख्या बढेर दुई अर्ब पुगेको छ । फेसबुक प्रयोगकर्ताहरूको संख्यामा अनुमान गरे भन्दा १७ प्रतिशतले वृद्धि भएको फेसबुक कम्पनीको दाबी रहेको छ । फेसबुकमा क्रियाशिल प्रयोगकर्ताको संख्या बढ्दै जाँदा कम्पनीले ३ अर्ब डलर नाफा कमाउन सफल भएको छ । जसलाई प्रतिशतमा भन्दा ७१ प्रतिशत हो । यो रकम गत वर्षको गरेको नाफा भन्दा ४९ प्रतिशतले बढी हो । अमेरिकाको सान फ्रान्सिस्कोमा केन्द्रीय कार्यालय रहेको फेसबुक कम्पनी पछिल्लो समय नाफा कमाउन सफल एक कम्पनीका रूपमा विश्व भरी नै प्रख्यात छ । फेसबुकले अत्याधिक नाफा विज्ञापन मार्फत् कमाउने गरेको छ ।
पछिल्लो समयमा फेसबुक मार्फत् हुने गरेका अनेकौ अपराधिक कार्यहरूलाई न्यूनीकरण गर्नका लागि कम्पनीले थप कर्मचारीहरूको माग गरेको छ ।