पुल भाँचिएर यात्रुबहाक बस खस्दा ३० घाईते, एक जना बेपत्ता

637
views

लम्जुङ, १२, श्रावण । कास्कीको पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै लमजुङको मध्य नेपाल नगरपालिका ८ मा मोटरेवल भाचिँएर बस रुब्दी खोलामा खस्दा ३० जना घाईते भएका छन् । भने १ जना खोलामा वेपत्ता भएका छन् । भने दुईजना बसभित्रै च्यापिएर रहेका स्थानीयवासी प्रवेश घिमिरेले जानकारी दिनुभयो । घाईते मध्ये ९ जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको तथा अन्य सामान्य घाईते यात्रुहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।