नेपाली जनप्रगतिशिल मन्च ओमनको बैठक सम्पन्न

488
views

ओमन । निवर्तमान अध्यक्ष पदम प्रसाद अर्यालको अध्यक्षता र भानुकाे संचालनमा विबिध विषयहरुमा महत्त्वपूर्ण निर्णयहरु पारित गर्दै नेपाली जनप्रगतिशिल मञ्च ओमनको बैठक मस्कटको रुसेल स्थित एक गार्डेनमा भव्य रुपले सम्पन्न भएको छ । ज्ञात-अज्ञात सहिदहरु र भारतिय सिमा सुरक्षा बल द्वारा हत्या गरि सहिद भएका नेपाली वीर सपुत गोबिन्द गौतम प्रती मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
एजेन्डाहरु प्रस्तुत गर्दै हेम आचार्यले देशको अहिलेको परिस्थिती , ओमनमा रहेका अहिलेको चुनौती अनि दायित्व र संगठनको जिम्मेवारी विषयलाई स्पष्ट पार्दै दिनु भएको मन्तब्य र तुला गिरीको स्वागत मन्तब्य बाट शुरु भएको बैठक केन्द्रिय सदस्यहरुको विशेष रिपोर्टिङले नव आगन्तुक सदस्यहरुलाई निकै उत्साहित तुल्याएको थियो। जस कार्यक्रममा ज्ञण् जना नयां सदस्यहरुले पार्टी र मञ्च दुबैको सदस्यता लिनु भएको थियो ।नयाँ सदस्यहरुमा चित्र बहादुर केसि, दिपक परियार, कैयुम भाट, जानम परियार, परमता चौधरी, संजीब घिसिङ, बिश्णु माया तामाङ,बाबुराम खड्का, रघुनी मुखिया र राजकुमार कापर रहेका थिए ।