फुटबलर रेनाटो सान्चेस एसी मिलान जाने

357
views

काठमाण्डौ, १२, श्रावण । जर्मन क्लब बार्यन म्युनिखबाट व्यवसायिक फुटबल खेल्दै आएका पोर्चुगिज युवा मिडफिल्डर रेनाटो सान्चेस एसी मिलान जाने भएका छन् । वार्यन म्युनिख बाट व्यवसायिक फुटबल खेल्दै आएका सान्चेस बायनमा नियमित खेल समय नपाएका कारण मिलान जान लागेका हुुन् । सन् २०१६ को युरो कपमा उत्कृष्ट प्रर्दशन गरेका कारण गत वर्ष बेनेफिकाबाट बार्यन गएका थिए । तर बार्यनमा आशातित प्रर्दशन गर्न नसकेका कारण गत सिजन लामो समय बेन्चमै सिमित भएका थिए ।
यो सिजन खेलाडी स्थान्तरणमा निकै पैसा खर्च गरेको मिलानले आफ्नो स्क्वायदमा सान्चेसलाई लगेर आफ्नो विरासतलाई पुनः व्युताउने कोसिसमा मिलान लागि परेको हो । मिलानले सान्चेसलाई किन्न करिब ४० मिलियन युरो बराबरको रकम खर्चिने भएको हो ।