मध्य पहाडी लोकमार्गले राजमार्गबासी त्रसित, सयौं घर विस्थापितको खतरामा

471
views

महेन्द्र जिसी
पर्वत, १४, श्रावण । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको विस्तारका क्रममा विस्थापित हुने डरले पर्वतवासी त्रसित बनेका छन् । लोकमार्गले सडकको दायाँबायाँ २५ मिटरको मापदण्ड कायम गरेपछि बजारक्षेत्रका सयौं घरपरिवार विस्थापित हुने भन्दै वैकल्पिक मार्ग खोजी गर्न स्थानीयले माग गरेका छन् । सडक डिभिजन कार्यालय बागलुङले नयाँ मापदण्ड अनुसार सडकको दाँया–बाँया ३१ मिटर कायम गर्न कुश्मा ननगरपालिकालाई पत्राचार गरेपछि राजमार्गबासीले बैकल्पीक मार्ग खोजीको माग गरेका हुन । मापदण्ड अनुसार राजमार्ग कायम गर्दा बनेका संरचाना भत्काउनुपर्ने भएका कारण राजमार्गबासीले संघर्ष समिति समेत गठन गरेका छन । नयाँ मापदण्ड अनुसारको पत्र अनुसारको कुश्मा नगरपालिकामा पत्र आएपनि राजमार्ग आसपासको जग्गाको कारोवार रोकीएका कारण स्थानीय चिन्तीत बनेका हो ।
राजमार्ग आसपासका जग्गामा बैंकले धितो राखेर कर्जा लिन र दिन समेत रोक लगाएका कारण राजमार्ग आसपासका बासिन्दा समस्यामा परेका हुन । ऋण काढेर घर बनाएका राजमार्गका बासीन्दा समस्यामा परेका हुन् । ०४२ सालमा राजमार्गको मध्य विन्दुबाट १५ मिटर कायम भएकोमा पछिल्लो मापदण्डले राजमार्गको चौडाई बढाएका कारण राजमार्ग दायाँबायाँ घर जग्गाको कारोवार रोकीएको छ । बनाईएका संरचनाको विक्रि वितरण पनि नहुने र धितो राखेर ऋणपनि नपाईने भएपछि राजमार्गका बासीन्दाहरु चिन्तित देखीन थालेका हुन । करोडको लगानीमा राजमार्ग नजिकै बनेका भवन जुनकुनै समयपनि सडक डिभिजनले भत्काउने सक्ने र राजमार्ग ६२ मिटर चौडाई कायम हुने भएपछि सडकको चौडाईको विषय चर्चामा रहेको हो ।

कास्कीको नयाँपुल देखि कुश्मा नगरपालिका १ मालढुङ्गासम्मको १९ किमी सडकखण्डका तीनसय जति घरधुरी भत्काउनुपर्ने भएका कारण वैकल्पीक मार्गको खोजीका लागि संघर्ष समिति गठन भएको समितिका पदाधिाकारीले बताएका छन । बेतेनी, डिमुवा, पातीचौर, अम्बोट, परादी, दोबिल्ला, चुवा, खरेहा, कुश्मा, मालढुङ्गा क्षेत्रमा पर्ने करोडौँ लगानीका होटेल, घर, निर्माणाधीन विद्युतगृह सबै भत्काउनुपर्ने र सयौँ परिवारलाई विस्थापन हुने भन्दै संघर्षमा उत्रिएको समितिका सचिव केशवराज पुरीले जानकारी दिनुभयो ।