ब्राजिलियन स्टार नेइमारले बार्सिलोना छाड्ने

334
views

काठमाडौं, १४, श्रावण । बार्सिलोनाका ब्राजिलियन स्टार नेइमारले यसै सिजनबाट क्लब छाड्ने तयारी गरेका छन् । उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध हुनका लागि सम्झौता अन्तिम चरणमा पुगेको बेलायती पत्रिका मेट्रोले जनाएको छ ।
सम्झौताका लागि नेइमार राजी भएको र अनुबन्धन सम्झौता आगामी सोमाबार वा मंगलबार हुने दाबी गरिएको छ ।
पीएसजीले नेइमारलाई १९ करोड ७० लाख पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गर्न लागेको हो । पछिल्लो केही सातादेखि नेइमार पीएसजी जाने चर्चा चलेको थियो ।अहिले भने सम्झौता अन्तिम चरणमा पुगेको र उनी पिएसजी जाने लगभग पक्का जस्तै रहेको दाबी गरिएको छ ।

नेइमारका बुवाले पिएसजीसँग छलफल गरिरहेको र नेइमारले पिएसजीसँग पाँच वर्षको सम्झौता गर्ने लगभग पक्का भएको बताइएको छ ।
नेइमार पिएसजीमा गएपछि वर्षको झण्डै दुई करोड ७० लाख पाउण्ड कमाइ गर्ने छन् । विश्व कीर्तिमानी अनुबन्धका विषयमा दुई क्लबबिच सहमति हुन बाँकी नै छ । पीएसजीले तिर्नु पर्ने रकम कम गर्नका लागि एन्जल डी मारिया बार्सिलोनालाई अफर गर्ने तयारी पनि गरेको छ ।