कालीगण्डकी किनारमा बेवारीसे शव फेला

800
views

विकासराज पौडेल
पर्वत, १४, श्रावण । पर्वत कालिगण्डकी किनारमा एक महिलाको बेवारिसे शव फेला परेको छ । पर्वतको फलेवास नगरपालिका वडा नं. १० साबिकको कुर्घा गाबिस वडा नं. ३ को नदी किनारमा कालिगण्डकी नदीले बगाएर ल्याएका शव फेला परेको हो । महिलाको शव सडेगलेको अवस्थामा रहेको र टाउको समेत नरहेको स्थगानीएको भनाई छ । कालीगण्डकी नदी किनारमा शव देखेपछी स्थानीएले प्रहरीलाई खबर गरेका थिए । शव कसको हो भन्ने बारे केहीँ नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव पहिचानका लागी सुचना आदान प्रदान भईरहेको छ ।