ट्रयाक खोल्न व्यावसायिले गरे आर्थिक सहयोग

488
views

नुवाकोट, १४, श्रावण । नुवाकोटको विदुर नगरपालिका–२ का व्यवसायी प्रदिप सेढाईले सडक निर्माणका लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेपछि सडकको ट्रयाक खोल्ने काम भएको छ । वडा नं २ का अध्यक्ष विरेन्द्र कुमार शाहीको आग्रहमा सेढाईले बट्टार स्थित भिमसेन मावि देखी गुम्बा सम्मको ट्र«याक खोल्नका लागि आर्थिक सहयोग गरेका हुन । सेढाईको सहयोगमा सडकको ट्रयाक खोलेपछि अध्यक्ष शाहीले निरीक्षण समेत गरेका छन् । उक्त सडकको ट्रयाक खोलेपछि स्थानीयलाई दैनिक उपभोग्य सामाग्री ओसारपसारका साथै कृषि तथा व्यापारमा समेत सहजता हुने अध्यक्ष शाहीले बताए । अध्यक्षको आग्रहमा स्थानीयलाई सहजताको लागि आर्थिक रकम सहयोग गरेको व्यावसायि प्रदीप सेढाईले बताए ।