एनआरएन बेल्जियमको अध्यक्षमा पर्वतका सन्तोष जोशीको उम्मेदवारी घोषणा

699
views

बेल्जियम १६, श्रावण गैरआवासीय नेपाली संघ बेल्जियमको आगामी दुई वर्षे कार्यकालको लागि सन्तोष जोशी सुवासुले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
पर्वत जिल्लाको कुश्मा घर भएका जोशी १७ वर्षदेखि बेल्जियमलाई कर्म थलो बनाउँदै आएका छन् । उनी सन् २००६ र ०८ मा गैर आवासीय नेपाली संघ बेल्जियमको महासचिव पदमा रहेर काम गरेका थिए ।
जोशीले बेल्जियममा रहेका नेपालीलाई भैपरी आईपर्ने समस्या समाधानमा पहल गर्ने, नेपाल र नेपालीको कला, संस्कृतिलाई प्रवासमा चिनाउँदै नेपालको पर्यटन प्रबर्द्धन गर्ने लगायतका योजना सुनाएका छन् ।
२६०० भन्दा बढी साधारण सदस्य हरु रहेको एनआरएन बेल्जियमको आगामी अधिवेशन १३ अगष्टमा घोषणा गरिएको छ ।