चिच्चाएर सुचना प्रवाह

1063
views

चन्द्रश्वर बस्ताकोटी
इन्टरनेटको जमाना बिश्व गतिबधि हातहातवाटै थाह पाउन केही समस्या छैन । रेडीयो, टेलिभिजन, पत्रपत्रीका, सामाजीक संजाल, वेभसाइड, मोवाईल, टेलीफोन, ईमेल, ईन्टरनेट जस्ता आधुनीक प्रबिधिको विकास भएपनि हिमाली जिल्ला मुस्ताङका बस्ती बस्तीमा भने सूचना प्र्रवाहका लागि अझै पनि चिच्याएर स्थानिय सुचना प्रवाह गरिन्छ ।
मुखिया प्रथासग जोडीएको कटुवालप्रथाका कटुवालले बाटोबाटोमा चिच्याउदै स्थानियलाई सुचना प्रवाह गर्ने गर्दछन । मुस्ताङको अधिकांश बस्तीमा सामाजिक काम, भेला, बैठक र निर्णय सार्वजनीक गर्न कटुवालको प्रयोग हुने गरेको छ । पत्रपत्रीका, एफएम रेडियो, टेलीभिजनको बिस्तारसंगै हातहातमा मोवाईल र ईमेल ईन्टरनेटको सुबिधा भएपनि गाउँलेको लागि कटुवालहरुबाट नै गाउका गतीबीधि आधीकारीक सूचनाका रुपमा प्राप्त गर्ने भरपर्दो स्रोत हुन् ।
मुस्ताङको ९१ मध्ये ९० बस्तीमा अझैपनि मुखिया र कटुवाल प्रथा कायम छ । कुनै सभा, सम्मेलन, बैठक, कार्यक्रम, भेला र स्थानीय स्तरको निर्णय कटुवालले मुखीयाको आदेशमा सबैले सुन्ने गरि चिच्चाएर स्थानीयवासीलाई जानकारी गराउने गर्छन् ।
स्थानीयबासीले कटुवालले धोक हालेर सुनाएको जानकारीका आधारमा मुखयिाको आधकिारीक सुचना प्राप्त गर्छन् । एउटा बस्तीमा एक जनालाई वार्षिक अथवा सिजन अनुसारको अन्न ज्याला वा नगद वापत दिने गरेर कटुवाल चयन गर्ने चलन छ । कतपियले कटुवाल आफु नवसी अरुलाइ रकम दिएर राख्ने समेत गर्दछन । मुस्ताङको कुञ्जो देउराली बाहेक सबै बस्तीमा एक जना भन्दा बढी कटुवाल छन् ।

“उपल्लो र तल्लो मुस्ताङले परिचित ९१ वटा बस्ती रहेको मुस्ताङमा सरकारी मान्यता नपाए पनि हालसम्म पनि मुखिया प्रथा कायमै छ । मुखियालाई स्थानिय स्तरमा सामाजिक कार्यलाई गति दिन, सहज ढंगले अगाडि बढाउने अगुवा प्रतिनिधिका रुपमा लिइन्छ । गाउ घरका हरेक समस्या मुखियाकै अगुवाइमा समाधान गरिन्छ । मुखियाबाट समाधान हुन नसकेका बिषयलाई सम्पुर्ण गाउलेको बैठकमा छलफल गराउदै समाधान निकालिन्छ ।”

यहि मुखीयाप्रथामा टोलटोलमा कटुवाल रहन्छन र कटुवाल कुनै व्यक्ति अनुपस्थित रहेमा मुखीयाले भने बम्मोजीम नगरे छेवा (जरिवाना) लगाउने गर्दछ । मुखियाले निर्देशन गरेको हरेक काम जनसमक्ष पु¥याउने काम कटुवालको हो । गाँउमा कुलो, बाटो बनाउने, सरसफाई अभियान, सिंचाईको पालो मिलाउने, स्थानीय कोष स्थापना गर्ने, झै झगडा मिलाउने, स्थानिय मुद्दाको अन्तिम निणर्य गर्ने, बिपत पर्दा आर्थिक सहयोग उपलव्ध गराउने, सरकारले उपलव्ध गराएको नुन चामल बाड्ने, हरेक खेतीको समयसिमा तोक्ने, कसैले सहयोग माग्न आएमा गाउलेलाई आव्हान गरिदिने जस्ता दैनिक काम मुखियाको कार्यक्षेत्र अन्तर्गत कटुवालले गर्दछन ।
घिलिङका साहित्यकार निमा ठिन्लेका अनुसार ‘‘पुर्व मुस्ताङे राजा जिग्मे परबल बिष्टको सन्तान अभिपाल तिव्वत यारलुङ नामक मुखियाका सन्तान भएको विभिन्न लेखहरुबाट प्रष्ट पारिएको हुदा तिव्वत हुदै मुस्ताङमा मुखिया प्रथाले व्यापकता पाएको र हाल सम्म यथावत रहेको प्रष्ट हन्छ, यसैलाइ र्कायान्वयन गराउने कटुवाल हुन ।” कतिले त पूर्ब राजा तिव्वतका मिलारेप्पा लामाका सन्तान पनि भन्ने गरेको ठिन्लेले बताए । मुखिया भैसके पछि दैनिक जसो औपचारिक बैठक, छलफल, गाउलेहरुसंग गरिरहनु, गाँउमा के भैरहेको छ, कसको खेतीबाली नोक्सानी भयो, कसको चौपायाले निषेधित क्षेत्रमा नोक्सान पु¥याए, कुलोबाट आउने पानी कसको खेतमा पुग्यो आदि काम कटुवालले मुखियालाई जानकारी गराउदछन । मुखियाको निर्देशन अनुरुप सबै कार्य कटुवालले गर्दछ । मुखिया र कटुवालको तर्फबाट गल्ती भएमा सामान्य नागरिक भन्दा दोव्वर छेपा (जरिवाना ) तिर्नु पर्ने बताइन्छ । मुखिया बाहेक आर्थिक कारोवार गर्ने नेर्पा र सहयोगी म्हिचेन समेत रहने गर्दछन । गाँउ अनुसार मुखिया र कटुवालको संख्या राखिने गर्दछ । कटुवाललाई गाँउ अनुसार छेपा, घुण्डोल, धोरोप्पा, पपन, छिमे, लोतोक आदि भन्ने गरिन्छ । सामान्यतया एक दुई बर्षमा मुखिया लगायतको टोली सहित कटुवाल पनि फेरिन्छ । गाउको सदस्य कुनै बेला मुखीया त कुनै बेला कटुवाल हुनु र्पदछ । सबैको पालो पुगेपछि भने पुनः क्रमैसँग मुखिया र कटुवाल बन्नै पर्ने हुन्छ । चिठ्ठा परेको व्यक्ति घरमा नभएमा घरका अरुले नै उसको कार्यभार सम्हाल्नुपर्ने हुन्छ ।
टुकचे भन्दा तल थाक सात सयका केहि स्थानमा वंशाणुगत मुखिया राख्ने प्रचलन पनि रहेको छ।यस क्ष्ोत्रका चन थकालीहरु मध्ये आफुले चाहेको मुखिया फेर्ने अधिकार भने जनतामा निहित रहेको स्थानियबासी बताउछन । थाक सातसय क्षेत्रमा तेह्र मुखिया रहेका छन । तर कटुवाल गाउमा मात्र समित रहन्छन ।