जापान जाने खेलाडी छनोट

386
views

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्को साताबाट हुने जापान भ्रमणका लागि २४ खेलाडीको नाम मंगलबार सार्वजनिक गरेको छ । साउन २७ गते जापान जाने नेपालले जापानमा ५ मैत्रीपूर्ण खेल खेल्नेछ। मंगलबार सार्वजनिक गरिएको सूचीमा यमनविरुद्ध खेल्दाको टोलीमा ४ खेलाडी परिवर्तन गरिएको छ। गोलकिपर किरणकुमार लिम्बु, रक्षक आदित्य चौधरी र मिडफिल्डर रोहित चन्द जापान भ्रमणमा हुने छैनन्। किरणको स्थान विशाल श्रेष्ठले लिनेछन् । फिलिपिन्सविरुद्ध रातो कार्डको सामना गरेछि यमनविरुद्धको खेल गुमाएका विक्रम लामालाई टोलीमा बोलाइएको छ । आदित्यको स्थानमा विमल बस्नेत लिएका छन् । रोहितको स्थान विक्रम लामाले लिनेछन् भने सुमन लामाले पनि टोलीमा स्थान बनाउन सफल भएका छन् । किरण माल्दिभ्स र रोहित इन्डोनेसियाली क्लबमा अनुबन्धित भएका छन् । आदित्य घाइते छन् । नेपालले साउन २९ गते गाब्बा ओसाका यु–२३ विरुद्ध खेल्नेछ । ख्वानसेइ गाकुइन युनिभर्सिटीविरुद्ध साउन ३२ गते खेल्ने नेपालले भदौ १ गते एमिती स्पोटर््स क्लबविरुद्ध खेल्नेछ । नेपालले भदौ २ गते हनान युनिभर्सिटीसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेल भदौ ३ गते भिसेल कोबेको यु–१८ टोलीविरुद्ध खेल्नेछ । त्यसबाहेक नेपालले जापानको घरेलु लिग जे–लिगको एक खेल हेर्नेछ । मुख्य प्रशिक्षक ग्योटोकु कोजी रहेको टोलीमा ३ गोलकिपर, ९ रक्षक, ७ मिडफिल्डर र ५ फरवार्ड रहेका छन्। मुख्य प्रशिक्षक कोजीलाई राजुकाजी शाक्य र उज्ज्वल मानन्धरले सघाउनेछन् । टोली व्यवस्थापक विराटजंग शाही, डक्टर राजु डंगोल र दोभासे रोशन तुलाधर पनि टोलीमा समावेश छन् । जापानको परराष्ट्र मन्त्रालय तथा जापान फुटबल संघको निम्तो पाएको नेपालले १० दिने जापान भ्रमणलाई एएफसी एसिया कप छनोट प्रतियोगिताको तयारीका रूपमा लिएको एन्फाले जनाएको छ । छनोट प्रतियोगिताअन्तर्गत नेपालले भदौ २० गते ताजकिस्तानविरुद्ध काठमाडौंमा प्रतिस्पर्धा गर्नेछ । एएफसी एसिया कप छनोट प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपालले फिलिपिन्स भ्रमणमा ५–१ को नतिजा बेहोरेको थियो भने यमनसँग घरेलु मैदानमा १–१ को बराबरी खेलेको थियो ।
नेपाली टोली ःगोलकिपर– विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने । रक्षक विराज महर्जन, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, दिनेश राजवंशी र मानबहादुर तामाङ । मिडफिल्डर स् विक्रम लामा, हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, अन्जन विष्ट, हेमन्त थापामगर, सुनिल बल । फरवार्ड अनिल गुरुङ, भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, सुमन लामा । मुख्य प्रशिक्षक ग्योटोकु कोजी, प्रशिक्षक राजुकाजी शाक्य र उज्वल मानन्धर, डक्टर राजु डंगोल, दोभासे रोशन तुलाधर । जापानको परराष्ट्र मन्त्रालय तथा जापान फुटबल संघको निम्तो पाएको नेपालले १० दिने जापान भ्रमणलाई एएफसी एसिया कप छनोट प्रतियोगिताको तयारीका रूपमा लिएको एन्फाले जनाएको छ ।