भरतपुरमा देवीको अग्रता, रेणु ७६ मतले पछि

628
views

चितवन, २१, श्रावण । २१ साउन, चितवन । चितवनका भरतपुरमा जारी मतगणनामा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीको अग्रता दोहोरो अंकमा झरेको छ । देवीको माओवादीकी उम्मेद्वार रेणु दाहालसँगको मातान्तर अहिले ७६ मतमा झरेको छ ।
वडा नम्बर १९को गणना सुरु भएपछि लगातार घटिरहेको देवीको अग्रता ओरालो लागिरहेको छ । अब रेणुभन्दा देवी ७६ मतले मात्रै अघि छन् ।
बैशाख ३१मा भएको भरतपुरको चुनावपछि मतगणनाका क्रममा माओवादी कार्याकर्ताले १९ नम्बर वडाको मतपत्र च्यातेपछि फेरि मतदान गरेर मतगणना भइरहेको हो ।