दोस्रो पूर्वाधार शिखर सम्मेलन फागुन ८–९ मा

यो सम्मेलन सन् २०१४ को नोभेम्बरमा सम्पन्न पहिलो पूर्वाधार सिखर सम्मेलनको निरन्तरता हो

2170
views

काठमाडौं- आगामी फागुन ८ र ९ गते काठमाडौंमा दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन हुने भएको छ।
नेपाल उद्योग परिसंघ, नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, युवा निर्माण व्यवसायी संघ नेपालको आयोजना र विभिन्न सरकारी निकाय, दुईपक्षीय र बहुपक्षीय विकास साझेदारको सहकार्यमा दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन हुन लागेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल मुख्य अतिथि रहने शिखर सम्मेलनमा भारत सरकारका रेलमन्त्री सुरेशप्रभाकर प्रभु विशिष्ट अतिथि तथा प्रमुख वक्ता रहने आयोजकले जानकारी दिएका छन् । साथै विभिन्न क्षेत्रका विशिष्ट र बौद्धिक व्यक्तित्वबाट फरक–फरक विषयमा प्रस्तुतीकरण रहने यो सम्मेलन सन् २०१४ को नोभेम्बरमा सम्पन्न पहिलो पूर्वाधार सिखर सम्मेलनको निरन्तरता हो ।