राम्रा चलचित्र जुधाउने होडबाजी, रेखासंग रमेश भिडदै

702
views

काठमाण्डौ । पछिल्लो समय नेपाली सिने क्षेत्रमा चलचित्रहरु जुधाउने होडबाजी चलिरहेको छ । राम्रो चलचित्रसंग राम्रै चलचित्र जुद्धा कतिपय निर्माता डुबेको देख्न सकिन्छ भने कतिपय चलचित्रमा कथा ब्यथा फितलो हुदा चलचित्र डुबेको देख्न सकिन्छ ।केहि समय अगाडी देखि यो होडबाजीले कलाकारलाईनै मारमा परेको भन्दै कलाकारहरुले चलचित्र नजुधाउने प्रतिबद्धता व्यक्त गरेका थिए तर एता नायिका रेखा संग रमेश जुध्न आईपुगेका छन ।रमेशलाई रेखा संग प्रतिष्पर्धा गर्न गाह्रो छ ।रेखाको होम प्रोडक्सनबाट आएका चलचित्र सबै सुपरहिट छन र बिशेष रुपमा दर्शकले रेखाको होम प्रोडक्सनबाट आएका चलचित्रहरुलाई लिने गरेको पाईन्छ ।
सोहि क्रममा आउँदो कार्तिक २ गतेबाट अल नेपाल प्रदर्शनको मिति तय गरेको रेखा थापा र आर्यन सिक्देल कम ब्याक रहेको चलचित्र”रुद्रप्रिया” र रमेश उप्रेती अभिनित चलचित्र”‘ऐश्वर्या’ एकै दिन प्रदर्शनमा आउने भएको छ।यता आर्यन र रेखा एक साथ् आउने भएको हुदा दर्शकले रेखा र आर्यनलाइ हेर्नकै लागि भए पनि चलचित्र हेर्न पुग्ने देखिन्छ भने उता रमेश उप्रेती धेरैपछि चलचित्र क्षेत्रमा आएको हुदा उनलाई के हुने हो भन्ने थाहा छैन ।उप्रेतीले अभिनय गरेको यस भन्दा अगाडिको आस गरिएको चलचित्र “ब्रश्लेट”सुपर फलब भएको हो ।
कुरा जोडौ रमेश उप्रेतीको स्
सिने जगतमा केहि यस्ता नामहरु छन छोटो समय सुनियो र लामो समय हराइयो त्यहि नाम भित्र पर्दछ नायक रमेश उप्रेती पनि ।१ दशक भन्दा लामो समय चलचित्र क्षेत्रबाटनै टाढा रहेका उप्रेती केहि बर्ष अमेरिका पुगे ।कतिले भने चलचित्र नचलेर उप्रेती अमेरिका पलाएन भए, कतिले भने सुखसयलमा हुर्कन अमेरिका पुगे त् कतिले भने अब चलचित्रमा नया पुस्ताको हाबी भएर टिक्न नसकी अमेरिका पुगे ।वास्तविकता उनै संग छ।त्यसैले पनि रमेशलाई आफ्नो चलचित्र चलाउन र दर्शकलाइ आफूतिर तान्न संगै रेखा संग प्रतिष्पर्धा गर्न निकै मुस्किल छ ।
कुरा जोडौ रेखा र आर्यन को स्
नायिका रेखा थापा एउटा स्टार नायिका हुन् जसलाई दर्शकले नायकको उपमा समेत दिईसकेका छन ।रेखाले अभिनय गरेका सुपरहिट भएकै छ ।संगै रेखाले आफ्नै ब्यानरबाट ल्याउने चलचित्रलाई दर्शकले अझ बढी बिशेष रुपमा हेर्ने गरेको पाईन्छ । रुद्रप्रिया त्यसैमा पनि दर्शकको नजरमा पर्दैछ । कारण हो रेखा र आर्यनको पुनरमिलनसंगै चलचित्रको गीत संगीत र अभिनयनै हो ।