नुवाकोटमा प्रहरी सक्रियता बढ्यो, अबैध बालुवा निकाल्ने गिरोह प्रहरीको फन्दामा

641
views

नुवाकोट, २२, श्रावण । नुवाकोटबाट खटिएको प्रहरीको मोवाईल टोली र प्रहरी चौकी देविघाटबाट खटीएको टोलिले अवैध रुपमा बालुवा निकाल्दै गर्दा दुईवटा स्काभेटरका सात थान व्याट्री बरामद गरेको छ ।
प्रहरीले नुवाकोट बिदुर नगरपालिका–५ स्थित बुनीबेशीमा त्रिसुली नदीबाट अबैध बालुवा निकाल्न प्रयोग गरीएको स्काभेटरको १ थान ब्याट्रिका साथै नुवाकोट बेलकोटगढि नगरपालिका–७ बुधसिंङघाटमा त्रिसुली नदीबाट बालुवा निकाल्न प्रयोग गरीएको स्काभेटरको २ थान ब्याट्रि जफत गरेको जनाएको छ । यस्तै अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलिले नुवाकोट बिदुर नगरपालिका–५ तादिखोलाका २ स्थानबाट समेत बालुवा निकाल्न प्रयोग गरीएको २ वटा स्काभेटरको ४ थान ब्याट्री सहित ७ थान ब्याट्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनिहरुलाई आवश्यक कार्वाहीका लागि जिप्रका पठाइएको समेत प्रहरीले जनाएको छ । अवैध रुपमा वालुवा उत्खनन गरेको थाहा पाएमा बालुवा उत्खनन् रोक्न सूचना दिई सहयोग गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटले अपिल गरेको प्रहरी नायव उपरिक्षक ऋषिराम कडेलले बताए ।