गजल

246
views

 सुजिता गिरी

मन परेकै मान्छे बाट आस पाइन मैले।

उस्को दिलमा मेरो लागि वास पाइन मैले ।।

आफ्नो सम्झी सधैंभरि चोखो माया दिँदा।

उही बाट मायाको केही आभास पाइन मैले।।

गर्नु मलजल गरेकी थेँ नपलाउँदै म¥यो क्यारी।

गुलावकै फूल रोपेर नि सुवास पाइन मैले ।।

तनमन दिँदा मुटु दिँदा प्राण चाहियो भन्छौ ।

लैजाऊ प्राण प्यारको कुनै खास पाईन मैले ।।

तड्पिँदैछ सुजिता प्यासीएको काकाकुल झैँ ।

आनन्दको एकै झोक्का सास पाइन मैले ।।

                                                             जैमुनी नगरपालिका, ७, जैदी, बाग्लुङ