पैरेवेशीमा स्काभेटर परिचालन, प्रजिअको टोली राहात लिएर घटनास्थल पुग्यो

645
views

गमला लामा
रसुवा, २३, श्रावण । गएराति अबिरल बर्षासँगै आएको पहिरोमा परि हराईरहेका ४ जनाको उद्धारका लागि स्काभेटर परिचालन गरिएको रसुवाबाट हाम्रा सहकर्मी गमला लामाले जनाएकी छिन् । सदरमुकाम धुन्चे तथा शान्तिबजारबाट दुईवटा स्काभेटर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए । सदरमुकामबाट गएको स्काभेटर शान्तिबजारमा रहेको स्काभेटरले अबरुद्ध बाटो सुचारु गर्दै घटनास्थलमा उद्धारका लागि गईरहेको न्यौपानेले बताए । उत्तरगया गाउँपालिका–४ मा आइतबार राति ९ बजेतिर खसेको पहिरोले ८ घर पुरेको हो । बेपत्ताहरुको खोजी कार्य जारी छ । पहिरोका कारण पहिरेबेशिको करिब ३० घर परिबार बिस्थापित भएको र बिस्थापित परिवारका लागि प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकायको टोलि राहात रकम तथा सामाग्री लिएर घटनास्थलतर्फ गएका हुन् । तस्विर अनु अाचार्य